Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

काष्ठमण्डप पुनर्निर्माणका लागि कामापाले दियो ५० लाख

काष्ठमण्डप पुनर्निर्माणका लागि कामापाले दियो ५० लाख

काठमाडौं,३० जेठ । काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ अनुदान दिने भएको छ । महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण समितिबीच मंगलबार पुनर्निर्माणमा अनुदान सहयोगबारे १२ बुँदे सहमति भएको हो । काठमाडौं महानगरपालिकाको तर्फबाट सहसचिव रामेश्वर ज्ञवाली र काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यबीच पुनर्निर्माणका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो । ‘काठमाडौं महानगरपालिकाको प्रतीकका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माण गर्दा काष्ठमण्डपको पुरातात्विक, ऐतिहासिक तथा प्राचीन महत्वलाई पूर्ववत् रहने गरी नक्सा डिजाइन, ड्रइङ गरी पुरातत्व विभागबाट स्वीकृत भएबमोजिम गर्ने दायित्व हुनेछ,’ सहमतिपत्रमा उल्लेख छ । ३ वर्षअघिको भूकम्पले क्षति पु-याए पछि अझै निर्माण हुन सकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x