Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कुमारी बैंकद्धारा शैक्षिक सामग्री वितरण

कुमारी बैंकद्धारा शैक्षिक सामग्री वितरण

काठमाडौं, १ असार । कुमारी बैंकले कमलपोखरी स्थित श्री कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले उक्त विषयगत पुस्तक तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक बिकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले विद्यालयका प्रधानाध्यापक मन बहादुर खड्कालाई शैक्षिक सामग्री हस्तान्तरण गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । साथै बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x