Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चितवनलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन प्रस्ताव

चितवनलाई प्रदेश नम्बर ३ को राजधानी बनाउन प्रस्ताव

प्रदेश ३ को स्थायी राजधानी चितवनलाई बनाउन माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । चितवनबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूले प्रदेश संसद सचिवालयमा यस्तो प्रस्ताव दर्ता गरेका हुन् ।

प्रस्तावमा ‘देशको मध्यभागमा रहेको वातावरणीय हिसाबले अनुकूल, भौतिक पूर्वाधारका सम्पूर्ण संरचना तयार रहेको स्थलमार्ग र हवाईमार्गबाट समेत सुविधा रहेको’ चितवनलाई स्थायी राजधानी कायम गर्न माग गरिएको उल्लेख छ । यसअघि पनि काभ्रे, नुवाकोट र भक्तपुरका प्रदेश सभा सदस्यहरूले ३ छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका थिए । तर, प्रदेश सभामा छलफल अघि नबढाई अध्ययन समिति गठन भएको थियो ।सचिवालयमा प्रदेश सभा सदस्यहरू बलराम पौडेल, रामलाल महतो, कृष्णप्रसाद खनाल, मिलनबाबु श्रेष्ठ, कृष्णप्रसाद भुर्तेल, पार्वती सिलवाल, घनश्याम दाहाल, भावना सुवेदीले हस्ताक्षरसहित प्रस्ताव पेस गरेका हुन

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x