Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जोशी जलविद्युत कम्पनीको प्राथमिक शेयर स्थानियहरुलाई जेठ ८ गतेबाट

जोशी जलविद्युत कम्पनीको प्राथमिक शेयर स्थानियहरुलाई जेठ ८ गतेबाट

काठमाडौ, ३१ वैशाख । जोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियहरुका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानियहरुका लागि ३ करोड ७१ लाख चार हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार चार सय कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले स्थानियहरुका लागि जेठ ८ देखी २२ गतेसम्मका लागि प्राथमिक निष्कासन गर्ने जनाएको छ । कम्पनीले निष्कासन गर्ने लागेको उक्त प्राथमिक शेयर कुल चुक्ता पुँजीको १० प्रतिशत हो । यस्तै कम्पनीले ३० प्रतिशत ७ लाख ४२ हजार कित्ता प्राथमिक शेयर सर्वसाधारणहरुका लागि छुट्टाएको जनाएको छ ।

यस प्राथमिक निष्कासनको लागि लगानीकर्ताहरुले न्युनतम ५० कित्ता देखी अधिकत्तम १ हजार आठ सय कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा आवेदन दिन सक्नेछन् । कम्पनीले इलाम नगरपालिकाको वार्ड नम्बर १, ३ र ४ का स्थानियहरुका लागि सो प्राथमिक शेयरको आवेदन खुल्ला गरेको हो । कम्पनीले प्राथमिक शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।
जोशी जलविद्युत कम्पनीले इलामको पुवा मझुवा ३ मेगावाट क्षमताको माथिल्लो पुवा १ जलविद्युत आयोजना निर्माण गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x