Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

तलवभत्ता नपाए पछि स्वास्थ्यकर्मी आन्दोलित

तलवभत्ता नपाए पछि स्वास्थ्यकर्मी आन्दोलित

पश्चिम नवलपरासी, २९ असार । विगत तीन महिना देखी तलब भत्ता नपाएको जनाउदै पश्चिम नवलपरासीका  स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।  पश्चिम नवलपरासीका ७ वटा स्थनिय तह रहेको  पश्चिम नवलपरासी अन्तर्गतको सरावल र सुस्ता गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पछिल्लो तिन महिनाको तलब भत्ता पाएका छैनन् । बैशाख जेठ र असार महिनाको तलब भत्ता वाकी रहेकोले आन्दोलनमा उत्रिन परेको पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका स्वास्थ्य सह संयोजक बाबुराम तिमिल्सीनाले बताए । यस अघि जाजरकोट जिल्ला अस्पतालका कर्मचारी पनि विगत पाँच महिना देखि तलव भत्ता नापाएको भनि आन्दोलनमा उत्रिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x