Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दबाबबीच सम्हालिएको चिनियाँ अर्थतन्त्र

दबाबबीच सम्हालिएको चिनियाँ अर्थतन्त्र

ग्लोबल टाइम्स

विश्वव्यापी व्यापार प्रणालीमा देखिएको शिथिलताका कारण बाह्य दबाब झेलिरहेको चिनियाँ अर्थतन्त्र उल्लेख्य आन्तरिक सुधारका कारण चिनियाँ अर्थतन्त्रमा एकखालको असामान्य अवस्था देखिएको छ । तर अर्थशास्त्रीहरुले भने अनुमान गरिएजस्तो कष्टदायी र उदास अवस्था चीनले भोग्नुनपर्ने उल्लेख गरेका छन् । खासगरी अमेरिकासँगको व्यापार युद्धका कारण चीनियाँ अर्थतन्त्रमा उदासीनता छाउने अनुमान अब झुटो साबित हुनेछ ।

चिनियाँ अर्थतन्त्र मजबुत रहेको र यसमा आशावदी हुने प्रशस्त ठाउँहरु छन् । चिनियाँ राष्ट्रिय विकास तथा सुधार आयोगका प्रमुख अर्थशास्त्री वान झाइका शब्दमा हरेक देशको अर्थतन्त्र विकासको एउटा चक्र हुने र सधैंभरी उच्च दरमा वृद्धि भइनरहने बताएका छन् । बाँकी विश्वले चिनियाँ अर्थतन्त्रको बारेमा निराश हुनु नपर्ने भन्दा उनले विगत ३० वर्षमा चिनियाँ अर्थतन्त्रले देखाएको जादूभन्दा आर्थिक वृद्धिदर भने केही कमजोर हुने स्पष्ट पारेका छन् ।

खासगरी पश्चिमा सञ्चारमाध्यमहरुले चिनियाँ अर्थतन्त्रको खराब अवस्थाको चित्रण गरिरहेका छन् । केही दिनअघि सियाटल टाइम्स भन्ने पत्रिकाले चीन–अमेरिका व्यापार युद्धले चिनियाँ अर्थतन्त्रलाई रित्तो बनाएको र यो व्यापार युद्ध लम्बिए चिनियाँ अर्थतन्त्रप्रति चिनियाँ जनताको भरोसा उड्नेछ भनेर रिपोर्ट प्रकाशन गरेको थियो ।

वास्तवमा चिनियाँ अर्थतन्त्रले केही चुनौतीहरु सामना गरिरहेको छ र त्यसका केही नकारात्मक तथ्यांकहरु पनि बाहिर आएका छन् । चिनियाँ सयर बजार एक वर्षमा २५ प्रतिशतले घटेको छ, यसो हुनुमा पक्कै व्यापार युद्धले लगानीकर्ताको विश्वास निचोरेको छ । अमेरिकी डलरको तुलनामा चिनियाँ मुद्रा– युआन (आरएमबी)– सन् २०१८ मा ६ प्रतिशतले अवमूल्यन भएको छ । मुद्राको अवमूल्यन भने चीनमा मात्र होइन, विश्वभरीकै विकासशील अर्थतन्त्रहरुले यसको सामना गरिरहेका छन् । त्यस्तै रियलस्टेटको मूल्य बढ्दा आन्तरिक उपभोग वृद्धि गर्ने विकल्प पनि प्रभावकारी हुन सकेको छैन ।
तर चीनले भने थोरै सुधारबाट अब आफ्नो अर्थतन्त्रलाई परिपक्व र मजबुत बनाउन सक्छ ।

विश्वको ठूलो अर्थतन्त्र संरचनात्मक परिवर्तनको संघारमा छ, यो क्रममा केही कठिनाईहरु आउन सक्छन् । चिनका लागि यो भन्दा अघि यात्रा तय गर्नुपर्ने बाटोमा केही उबडखाबड भने अवश्य छ तर सेयरबजारको उतारचढावलाई यो मुद्दासँग जोडेर हेर्न हुँदैन ।

कठिनाइहरुका बाबजुद पनि चिनियाँ अर्थतन्त्र मजबुत भएर अघि बढीरहेको छ र यो एउटै बाह्य दबाबले शिथिल हुने खालको छैन । सन् २०१८ को पहिलो ६ महिनामा चिनियाँ अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले बढेको छ । त्यस्तै आगामी दुई त्रैमासमा क्रमशः ६ दशमलव ७ र ६ दशमलव ९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

चीनबाट सम्भावित पुँजी पलायन रोक्न चिनियाँ केन्द्रीय बैंक– पिपुल्स बैंक अफ चाइनाले आवश्यकता अनुसार विनियम दरलाई स्थायित्व दिने भएको छ । पिपुल्स बैंकका अनुसार सन् २०१८ को अन्त्यमा अमेरिकी डलरसँगको विनिमयदर प्रतिडलर ७ युआन हुने अनुमान छ ।

सम्बोधित सम्भावित जोखिमहरु

चिनियाँ अर्थतन्त्रमा स्थायित्व र यसको स्वस्थ विकासका लागि चीनले ६ क्षेत्रमा सुधारको काम गरिरहेको छ । वित्तिय नीतिले संरचनात्मक सुधारलाई प्रगाढ (सघन) बनाएको छ । चीनको दीर्घकालीन प्रतिस्पर्धी क्षमतालाई बचाई राख्न उद्यमी तथा लगानीकर्ताहरुमा विश्वासको वातावरण बनाइराख्न चीन सक्षम छ । त्यस्तै, सार्वजनिक संस्थानहरुमा कर्पोरेट आयकर घटाइएको छ । बाह्य जोखिमबाट बाहिर आउन आगामी तीन वर्षसम्म कम्पनीहरुलाई कानूनी सल्लाह जस्ता सेवासुविधा राज्यस्तरबाट प्रदान गरिनेछ ।

बजार केन्द्रीत सुधारका सम्बन्धमा भने, सुधारलाई सघन बनाउन उपभोग बढाउन सम्भव रहेका क्षेत्रहरुमा उपभोग बढाउने र तीक्ष्णता, नवप्रवर्तनलाई आवश्यक सहयोग गरिने भएको छ । चिनियाँ अर्थशास्त्रीहरु यतिबेला अर्थतन्त्रका बारेमा न त निराशावादी देखिन्छन् न त उनीहरु धेरै आशावादी नै छन् । अर्थतन्त्र ओरालो लाग्ने संकेत र दबाबका बीच यो वर्ष भने चिनियाँ अर्थतन्त्र धीमा गतिमा भएपनि अघि बढेकै छ किनकी आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुनेमा सरकार विश्वस्त छ । चिन सरकारले स्टीमुलेसन (प्रोत्साहन) का प्याकेज भने सार्वजनिक गरेको छैन । चिनियाँ अधिकारीहरुले भनेका छन्, ‘जुन अर्थतन्त्रभित्र उपभोगको ठूलो गुञ्जायस छ, त्यस्तो अर्थतन्त्र सामान्य बाह्य दबाबले लडबडिदैंन ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x