Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नविलको चार शाखा विस्तार बैंक

नविलको चार शाखा विस्तार बैंक

काठमाडौं, २७ बैशाख । नबिल बैंक लिमिटेडले सिराहाको लहान, महोत्तरीको लहान, सर्लाहीको हरिवन तथा चितवनको टाडीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । यी चार वटै शाखा कार्यालयको बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले उद्घाटन गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष पौड््यालले ग्राहकलाई सहज बैंकिङ सेवा, सुविधा उपलब्ध गराउने योजना अनुरुप नयाँ शाखा विस्तार गरेको जानकारी दिए । व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्म रुपले परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता पनि उनले जनाए ।

त्यस्तै बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले देशको अग्रणी स्थानमा रहन सफल नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न तह र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न ठाँउमा आफ्नो शाखा कार्यालयको संजाल बढाउदै लगिरहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x