Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

नाडेपको आइपीओ असार १० गतेबाट, न्यूनतम २० कित्ता आवेदन गर्न सकिने

नाडेपको आइपीओ असार १० गतेबाट, न्यूनतम २० कित्ता आवेदन गर्न सकिने

काठमाडौं, १ असार । नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । नाडेपले एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता आइपिओ बिक्री गर्ने भएको हो । कम्पनीको आइपिओमा न्युनतम २० कित्ता र अधिकतम २ हजार ४ सय कित्तासम्म आवेदन गर्न पाइने बिक्री प्रवन्धकले जनाएको छ ।
कम्पनीले निष्कासन गर्न लागेको कुल आइपिओमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई पनि २४ हजार कित्ता शेयर सुरक्षित गरिएको छ । र बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
धादिङको गजुरीमा प्रधान कार्यालय रहेको कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले पाएको छ । कम्पनीको आईपीओ निष्कासन छिटोमा असार १३ र ढिलोमा साउन ७ गते बन्द हुनेछ । आवेदनकर्ताले कम्पनीको प्रधान कार्यालय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन । सिडिएसको सी–आस्वाबाट घरैमा बसेर पनि लगानीकर्ताले आइपीओमा आवेदन गर्न सक्नेछन् ।
कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्त्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।
लघुवित्तमा नबिल बैंक, विकास आयोजना सेवा केन्द्र र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको लगानी रहेको छ । लघुवित्तले चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x