Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नाडेप लघुवित्तले पायो प्राथमिक शेयर निष्कासनको अनुमती

नाडेप लघुवित्तले पायो प्राथमिक शेयर निष्कासनको अनुमती

काठमाडौं, ४ जेठ । नेपाल धितोपत्र बोर्डले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राथमिक शेयर निष्कासनको अनुमती दिएको छ । नाडेप लघुवित्तले बोर्डबाट ४ लाख ८० हजार कित्ता प्राथमिक शेयर निष्कासनको अनुमती पाएको हो ।

लघुवित्तले सर्वसाधारणहरुका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको हो । लघुबित्तले एक सय रुपैयाँ अंकित मुल्य भएको ४ करोड ८० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्ने जनाएको छ । जारी गर्न लागिएको प्राथमिक निष्कासन लघुवित्तको हालको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँको ३० प्रतिशत हो ।

प्राथमिक शेयर निष्कासनको लागि लघुवित्तले बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । प्राथमिक शेयर निष्कासन पछि लघुवित्तको चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x