Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल सेभा लघुवित्तको कारोबार प्राइस रेन्ज तय

काठमाडौं, ३१ जेठ । नेपाल स्टक एक्सचेन्जले हालै सुचीकृत नेपाल सेभा लघुवित्त वित्तिय संस्थालाई कारोबार गर्न प्राइस रेन्ज प्रदान गरेको छ । गत हप्ता सुचीकृत यस कम्पनीलाई नेप्सेले एनएसइडब्ल्युए सिम्बल प्रदान गरेको छ । कुनै पनि कम्पनीको पहिलोपटक नेप्सेमा कारोबार हुँदा कम्पनीको नेटवर्थको न्यूनतम १ गुणादेखि ३ गुणाको रेन्जमा हुनुपर्ने प्रावधान रहेको छ । सोही अनुसार सो कम्पनीको लागि नेप्सेले न्यूनतम १०३.९३ रुपियाँ र अधिकतम ३११.९१ रुपियाँ प्राइस रेन्ज तोकिदिएको छ । कुनै कम्पनीको एक दिनमा १० प्रतिशतसम्म मात्र शेयर मूल्य घटबढ हुन सक्ने प्रावधान रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x