पाउँ बिक्रीबाट राम्रो आम्दामी, परिवारसंगै अन्य ६० जनाले पायो रोजगारी

मानमती पाण्डेय, २ जेठ । पैसा आर्जनको लागि नेपाली युवाहरुको पहिलो बिकल्प नै वैदेशिक रोजगारी बनेको छ । धेरै पैसा आर्जन गरि सुविधा सम्पन्न जिवन विताउने सपना बोकेर बर्षेनी लाखौंको संख्यामा नेपाली युवाहरु विदेशीने गर्दछन् । यसरी विदेशीने युवाहरु मध्ये केहिको मात्रै सपना पुरा भएको पाइन्छ । विदेशमा अनेक दुःख कष्ट झेली ज्यान समेत गुमाउने गरेका छन् । तर विदेशमा बगाएको त्यो पसीना नेपाल मै बगाउन सके राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् अभय न्यौपाने ।

उनको परिवार २५ बर्ष देखी ललीतपुरको बडिखेलमा पाउँ फ्याक्ट्री संचालन गरी बसेको छ । उनका हजुरबुवाले २०४८ साल देखी शुरु गरेको यो व्यवसायलाई उनले निरन्तरता दिएका छन् । अहिले उनको फ्याक्ट्रीमा ६० जनाले रोजगारीको अवसर पाएका छन् ।

फ्याक्ट्रीमा लप्सीको गुदि, नुन, खुर्सानी र चिनीको मात्रा मिलाएर तितौराका विभिन्न परिकार बनाउने गरेका छन् । अभय भन्छन् पहिले साना मस्यौरा हातले बनाइ नाङ्लोमा सुकाइन्थ्यो भने अहिले तितौरा बनाउने नयाँ प्रविधी आएर काम गर्न सजिलो भएको छ । लप्सीबाट निर्मित पाउँ तितौरा स्वदेश तथा विदेशमा रुचाइनेको संख्यामा वृद्धि हुँदै गएको छ । नेपाली कोसेलीको रुपमा पनि विभिन्न देशहरु लप्सीको तितौरा पठाउने चलन बढ्दै गएको उनको भनाई छ । विदेशमा बस्ने नेपालीहरुलाई पनि नेपाल सम्झाउने लप्सीको परिकारहरु एउटा माध्यम बनेको छ ।

गर्मी मौसम शुरु हुदै गर्दा तुलनात्मक रुपमा यसको प्रयोग बढ्दो पाइन्छ । विशेष गरी स्कुल तथा कलेज पढ्ने छात्रछात्राहरुको लोकप्रिय खानेकुरामा मानिन्छ पाउँ । अमिलो पिरोका साथै गुलीयो स्वाद दिने पाउँले बालक देखी वृद्धसम्म सबैकोे मुख रसाउँछ । पाउँ खादा रसिलो र मिठो मात्र नभइ यसको व्यवसायमा लागेकाहरुको कमाइ पनि राम्रो हने गरेको उनको भनाइ छ । शुरुमा उनका हजुर बुवाले ५ लाख रुपैयाँबाट सुरु गरेको यो व्यवसाय अहिले १ करोड ३५ लाख रुपैयाँ बरावरको पुगेको छ । उनको पारिवारिक व्यवसायकोरुपमा विकास भएको बडिखेल लप्सी पाउँ उद्योगबाट मासिक १ लाख रुपैयाँ आम्दानी हुने गरेको बताए । पाउँ बनाउने कच्चा पदार्थ पनि नेपाल भित्र पाइने हुदाँ उत्पादनमा खासै समस्या नभएको उनले बताएका छन् ।

अभय भन्छन् हाम्रो पाँउको मुख्य बजार भनेको न्युरोड हो । अन्य ठाउँहरुमा पनि होलसेलमा जाने गरेको छ । नेपाल बाहेक भारत र चिनमा पनि यसको निर्यात हुँदै आएको छ । उत्पादन अनुसार पाउँको बजार अभाव नभएको उनि बताउछन् ।

२५ बर्ष अघि शुरु गरेको यो व्यवसायमा शुरुमा बजारको अभाव थियो तर यसको बजार र माग बढेसँगै यस पेसा बाटै निकै सन्ंतुष्टी पाएको उनलेबताए । अहिले आफु एम विए ए गर्दै गरेको भएपनि जागीर खानु भन्दा पुस्तौं देखी चलीआएको यहि व्यवसाय समालेर बस्ने बताउँछन् । फुर्सदका समयमा परिवारका सबै सदस्य पाउँ बनाउने काममा सहयोग गर्ने गर्दछन् । न्युनतम ३० रुपयाँ देखी बिकी्र हुने पाउ प्रति किलो ४ सय रुपैयाँका दरले बेच्ने गरेको बताए । अहिले उनको फ्याक्ट्रीमा लप्सी इमली कागतीका पाउँहरु पनि उत्पादन हुने गरेको उनले जनाकारी दिएका छन् ।

उनको यस उद्योगमा सिजनमा ६० जना कामदारहरु परिचालन गरिने र अन्य बेला पनि ३० जना कामदार रहने गरेको बताए । यस व्यवसायमा काम गर्ने कामदारले मध्ये केहिले मासिक रुपमा तलब लिन्छन् भने कसैले काम गरे अनुसारको ज्याला पाउने गरेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *