Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बैंकहरुले निक्षेपको ब्याजदर बढाएसँगै रकम सार्ने प्रबृत्ति बढे्यो

बैंकहरुले निक्षेपको ब्याजदर बढाएसँगै रकम सार्ने प्रबृत्ति बढे्यो

काठमाडौं, ५ असार । गतसाता नेपाल उद्योग परिसंघले बैक तथा वित्तीय क्षेत्रमा बढ्दै गएको कर्जाको ब्याजदरले औद्योगिक उत्पादनमा संकुचन आउने भन्दै यसलाई तत्काल नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकसंग आग्रह गर्यो तर पनि बैंकहरुले ब्याजदर बढाउन छाडेनन् ।  मौद्रित नीति नआन्जेल कतिपय ठुलो कारोवार ओगेटेका बैंकहर पर्ख र हेरको नीतिमा बसे पनि खातामा रहेको रकम सार्ने प्रवृति बढेपछि बैंकहरु आत्तिएका छन् । केही बैंकहरुले निक्षेप संकलनमा  दिएको आर्कषक ब्यजदरले पर्ख र हेरका नीतिमा रहेका बैंकहरुलाई मौद्रिक नीति आउनजेलको समय थेक्न धौंधौ पर्ने देखिएको छ । कम ब्याज दिइरहेका बैंकहरुबाट पैसा निकालेर बढी ब्याज दिने बैंकहरुमा रकम संकलन गर्न विगत दुइ तीन दिन यता संकलन कर्ताहरुको लाम लाग्न थाले पछि ति बैंकहरु आत्तिएका हुन  ।ति मध्ये कतिपय वैंकहरु अव पर्खन सक्ने अवस्था नरहेको भन्दै निक्षेपमा ब्याजदर बढाउन बाध्य भएका छन् ।  केही महिना अगाडि मुद्धतीमा एघार प्रतिशत तथा बचतमा ८ प्रतिशत भन्दा बढी ब्याज नदिने बैंकहरुबीचको भद्र सहमति खारेज अर्थात बैंकिक सिण्डिकेटको अन्तय भए लगत्तै बैंकहरुबीच ब्याजदर बढाउने तिब्र प्रतिस्पर्धा चलेको हो ।

किन बढाउदै छन बैंकहरु निक्षेपमा ब्याजदर ?

ब्याजदरले औद्योगिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता घट्ने र रोजगारीका अवसरहरुमा समेत गिरावट आउने बताइए पनि बैंकहरु बीच ब्याजदार बढाउने प्रतिस्प्रर्धा रोकिएको छैन । राष्ट्र बैंकले तरलताको अवस्था असहज नरहेको बताएपनि पछिल्लो पटक  बैंक तथा बित्तीय संस्थाहरु बीच ब्याज दर बढाउन चालेको प्रतिस्पर्धाले बजारमा तरलता कमीको संकेत गरेको छ । अर्कातर्फ चालु आर्थिक बर्ष सकिन करिव एक महिना मात्र बाँकी रहँदा बैंकहरु आफ्नो सिसिडी रेशियो सन्तुलनमा राख्न पनि निक्षेप तान्ने प्रतिस्पर्धामा लागेको हुन सक्ने अनुमान गरिएको छ । कर्जाको ब्याजदर बढाउन पनि निक्षेपको ब्याजदर बढाउने रणनीतिमा बैंकहरु रहेको पाइन्छ । निक्षेपको ब्याज दर बढाएपछि कर्जाको ब्याज दर स्वभाविक रुपमा बढ्छ । बैंक तथा बित्तीय संस्थाहरुले कमाउने भनेकै ब्याज आम्दानीबाट हो । जुन बैंकले धेरै कर्जा प्रबाह गर्न सक्छ र त्यसको साबाँ ब्याज असुल्छ, उसले नै धेरै कमाउने गर्दछ । जसले धेरै कर्जा प्रबाह गर्न सक्दैन र ब्याज दर सन्तुलनमा राख्न सक्दैन उसले धेरै कमाउन मुस्किल पर्छ । चालु आर्थिक बर्षमा सरकारी खर्च पनि अपेक्षा भन्दा पनि कम हुदा तरलता बढने भएपछि बैकहरु ब्यजादर बढाउने प्रतिस्पर्धामा लागेको बैकर्स कृष्ण पौडेल बताउछन् । बैंक तथा बित्तीय संस्थाले आफ्नो चुक्ता पूँजी र जगेडा कोषबाट मात्रै कर्जा प्रबाह गरेर फाईदा गर्न नसकिने हुँदा धेरै भन्दा धेरै निक्षेप नै संकलनमा जोड दिन स्वाभाविक रहेको पौडेलको भनाइ छ  । अर्का तर्फ आन्तरिक उत्पादनको अबस्था खुम्चिएको, ब्यापार घाटा बढेको, शोधनान्तर बचत घटेको, रेमिट्यान्स आप्रवाहमा उत्साहजनक सुधार नआएकोले पनि बैंकहरुलाई निक्षेपको ब्याजदार बढाउने दबाब परेको देखिन्छ ।

ब्याजदर बढाउदाको असर

ब्याजदर बढ्दा पहिलो मारमा कर्जा लिने पर्ने देखिन्छ । निक्षेपको ब्याज बढेको अनुपातमा स्वभाविक रुपमा कर्जाको पनि ब्याजदर बढ्ने निश्चित छ । कुनै बैंकले पनि महंगोमा पैसा लिएर सस्तोमा कर्जा पक्कै दिदैन । यसले गर्दा कर्जा लिनेहरुका लागि कस्ले सस्तो ब्याज दरमा कर्जा दिदैछ भनेर खोज्नु पर्ने स्थिति आउछ।  अर्का तर्फ यस्तो बेलामा कम ब्याज आईरहेको बैंकको खाताबाट अर्को बैंकको खातामा रकम सार्ने प्रबृत्ति पनि बढेर जान्छ । कम प्रतिफल आउने क्षेत्रमा गरिएको लगानी सिफटेड हुने संभावना पनि  उतिकै रहन्छ । जसले गर्दा फाइदा भएको क्षेत्रमा गरिएको लगानी समेत झिकेर बैंकमा निक्षेपको रुपमा राख्ने प्रचलन पनि बढन जान्छ । निक्षेपको ब्याज बढेको अनुपातमा स्वभाविक रुपमा कर्जाको पनि ब्याजदर बढ्ने निश्चित छ । कसैले पनि महंगोमा पैसा लिएर सस्तोमा कर्जा दिदैन । यही अवस्था रहे कर्जाको ब्याज दर बढेर १७ / १८ प्रतिशतसम्म पुग्ने निश्चित छ ।

यसैगरी सेयर बजारमा लगानी गरेर जोखिम मोल्नु भन्दा मुद्धती खातामा पैसा राखेर ढुक्कले ब्याज खाने प्रवृति बढेर जान सक्छ । जसले सेयर बजार नै प्रभावित पार्न सक्ने देखिन्छ । सेयर बजार निरन्तर ओराले लागेको वेला बैकहरुले बढाएको ब्यजदरले थप घाइते बन्ने देखिन्छ । एकातिर सेयर बजार निरन्तर घट्ने अर्कोतर्फ बैंकहरुको ब्याजदर बढ्दै जादा शेयर कर्जा लिनेहरुको जोखिम समेत बढ्दै जाने छ भने अर्कातर्फ ब्याज दर बढेपछि शेयर कर्जाको ब्याज दर पनि स्वभाविक रुपमा बढ्न थाल्छ । ब्याज बढेपछि कर्जा लिनेहरु उत्साहित हुँदैनन् र यसरी लिईएको कर्जा रकम सेयर बजारमा लगानी गर्दा अपेक्षित प्रतिफल नपाउने भएपछि यसै त थाला परेको सेयर कारोवारमा अझ थला पर्ने देखिन्छ । आफ्नो रकम नभएर कर्जा लिएर मात्रै सेयर बजारमा लगानी गर्नेहरु थप जोखिमा पर्न जान्छन् ।

कुन बैंकमा कति पुग्यो निक्षेपको ब्याजदर ?

निक्षेपमा ब्यजदर बढाउन बैंकहरुमा एनआइसि एसिया, सिभिल बैक, सेन्चुरी, सानिमा र मेगा बैंक रहेका छन् । यि बैंकहरुले निक्षेपको ब्याज दर बढाएर मुद्धती निक्षेपमा साढे १२ प्रतिशतसम्म पुर्याएका छन् भने सामान्य बचत खाताको ब्याज दर ८ प्रतिशतसम्म पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x