Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मानव अधिकार निगरानी समूह गठन

धनगढी,२० पुस । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफदेहिता बनाउनको लागि (साविक बेलादेवीपुर गाविस) अत्तरिया नगरपालिका–८,९,१० मा मानव अधिकार निगरानी समूह गठन भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीद्वारा गठित समूहको संयोजकमा चेतराज राना रहेका छन । समूहको कोषाध्यक्षमा धनु चौधरी, कोषाध्यक्षमा इन्द्रा राना रहेका छन । सदस्यमा क्रमशः निर्मला कठायत, यशोदा धानुक, मिना जोशी, टिका भट्ट, लल्ला राना, राम नेपालीलाई चयन गरिएको छ । रहेका छन । स्थानीय स्तरमा महिला, बालबालिका, दलित, पछाडी पारिएका अल्पसंख्यक, जोखिममा परेका समुदाय, आर्थिक, सामाजिक, संस्कृतिक अधिकारबाट बञ्चित समुदायको शिक्षा , स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित गर्नाको लागिल निगरानी समूह गठन गरेको इन्सेक क्षेत्रीय संयोजक खडकराज जोशीले बताए । निगरानी समूह समुदायमा सरकारी प्रावधान अनुसार पहुँचको बृद्धि गर्ने तथा निर्णायक प्रक्रियामा सक्रिया सहभागितामा अभिबृद्धि गर्ने उहाँले बताए । समूह गठन कार्यक्रममा अत्तरिया नगरपालिका ८,९ र १० का वडा सचिव दुर्गा प्रसाद जोशी, ठेकराज मावि घोरसुवाका प्रअ रामचन्द्र ओझा लगायत मन्तव्य राखेका थिए ।
त्यसै गरी मंगलबार सरस्वती उमावि सेहरीमा निर्मला सिंहको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार यूवा निगरानी समूह गठन भएको छ । समूहको सचिवमा उद्धव भट्टराई र कोषाध्यक्षमा गजेन्द्र कुवँर रहेका छन । सदस्यमा क्रमशः किरन राना, राधिका साउद, शुशिला चौधरी (क) सन्तोष विक, दिनेश नेपाली र शुशीला चौधरी (ख) रहेका छन । कक्षा ११ र १२ मा अध्ययनरत छात्राछात्रहरुलाई राखी निगरानी यूवा समूह गठन गरेको हो । मानवअधिकार बालअधिकार, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको क्षेत्रमा निगरानी राख्नेका साथै यूवा अवस्थामा आइपर्ने विभिन्न समस्या तथा व्यवहारिक शिक्षाबारे सिख्ने सिकाउने लक्ष्य लिइएको छ । कार्यक्रममा उमावि संयोजक सागर जोशी र शिक्षक बासुदेव विष्ट लगायत मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रमको संचालन इन्सेक जिल्ला सहजकर्ता तथा लेखा प्रमुख राजकुमार चौधरीले गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x