Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुद्रा प्रवाह वृद्धि र मजबुत डलरको प्रभाव : उपभोक्ता मुद्रास्फिति बढ्न थाल्यो

मुद्रा प्रवाह वृद्धि र मजबुत डलरको प्रभाव : उपभोक्ता मुद्रास्फिति बढ्न थाल्यो

काठमाडौं, ४ जेठ । मुद्रा प्रवाहमा वृद्धि तथा भारतमा मुद्रास्फिति बढेपछि नेपालमा उपभोक्ता मुद्रास्फिति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा मुद्रास्फिति ५ दशमलव ३ प्रतिशत छ । यो अवधिमा मुद्रा प्रवाहको वृद्धिदर १० दशमलव ९ प्रतिशत रहेको छ । जबकी यस्तो वृद्धिदर गत वर्षको सोही अवधिमा ९ दशमलव ८ प्रतिशत रहेको थियो । भारतीय मुद्राको तुलनामा अमेरिकी डलर बलियो हुँदै गएपछि त्यसको असर वस्तु तथा सेवाको मूल्यमा चाप पर्न थालेको छ । भारतमा मुद्रास्फिति ४ दशमलव ६ प्रतिशत छ जबकी गत वर्ष सोही अवधिमा ३ प्रशितको मुद्रास्फिति रहेको थियो ।

यो अवधिमा चालु खाता घाटा भने बढ्दै गएको छ भने भुक्तानी सन्तुलनको स्थितिमा भने गत महिनाको भन्दा सामान्य सुधार देखिएको छ । बढ्दो आयातका कारण चालु खाता एक खर्ब ७१ अर्ब रुपैँया घाटामा छ । शोधानान्तर स्थितिमा सुधार, प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धिका कारण भुक्तानी सन्तुलन अर्थात् शोधनान्तर भने १४ अर्ब ६० करोड रुपैँया घाटामा छ । यो अवधिमा व्यापार घाटा ८०० अर्ब नाघेको छ । चालु आर्थिक वर्षको ९ महिनामा कुल ८ खर्ब ७६ अर्ब २९ करोडको आयात भएकोमा निर्यात भने ५९ अबए ७४ करोड रुपैँया मात्र रहेको छ ।
रेमिट्यान्स आप्रवाहमा भने सुधार भएको छ । रेमिट्यान्सको वृद्धिदर गत वर्षको सोही अवधिको ६ प्रतिशतको तुलनामा घटेर ५ दशमलव ६ प्रतिशत कायम भई कुल ५ खर्ब ४० अर्ब ३८ करोड रुपैँया रेमिट्यान्स भित्रिएको छ । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानी गत आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ७ करोड रुपैँया रहेकोमा केही वृद्धि भई १४ अर्ब ४१ करोड रुपैँया रहेको छ ।
विदेशी विनिमय सञ्चितिमा केही गिरावट आएको छ । अहिले मुलुकसँग १० खर्ब ६४ अर्ब रुपैँया सञ्चिति रहेको छ । जुन ९ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x