Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मुलुकमा लगानीका लागि उपयूक्त वातावरण बनेको छ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीका लागि उपयूक्त वातावरण बनेको छ : प्रधानमन्त्री ओली

काठमाडौं, २९ भद्रौ । प्रधानमन्त्री केपी शर्मा ओली मुलुकमा लगानीको लागि उपयूक्त वातावरण निर्माण भएको दाबी गर्नुभएको छ । कारोबार दैनिकद्वारा आयोजित इकोनोमिक क्न्क्लेभको आज उद्घाटन गर्दै उनले स्वदेशी एवं गैरआवासीय नेपालीहरुलाई लगानीका लागि आग्रह पनि गरे ।

लगानी प्रवद्र्धनका लागि केही अप्ठ्यारा ऐन, कानुनहरु संशोधनको तयारी रहेको उनको तर्क थियो । निर्वाचन पश्चात स्थायी सरकार निर्माण भएको भन्दै उनले अवको प्रमुख कार्यभार आर्थिक सम्बृद्धि भएको बताए । त्यसका लागि सरकार आवश्यक गृहकार्य गरिरहेको बताए ।

त्यस्तै कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष एवं टिबीआई ग्रुपका अध्यक्ष भवन भट्टले बैदेशी लगानी भित्र्याई मुलुकमा रोजगारी सृजनाका लागि आग्रह गरे ।

कन्क्लेभमा उर्जा, पर्यटन, लगानी प्रवद्र्धन लगायतका विषयमा छुट्टा–छुट्टै छलफल हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x