Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लघुवित्त संस्थाहरुले विदेशी बैंकबाट ऋण लिन पाउने

लघुवित्त संस्थाहरुले विदेशी बैंकबाट ऋण लिन पाउने

काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई विदेशी बैंकहरुबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । विदेशमा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट परिवर्तित मुद्रामा लघुवित्त संस्थाहरुले ऋण लिन पाउने अनुमति केन्द्रिय बैंकले दिएको हो ।

नेपालमा रहेका लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पूँजीको २५ प्रतिशत सम्म विदेशी बैंकहरुबाट ऋण लिन पाउने राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तो कर्जा लघुवित्तहरुले १ देखी ५ बर्ष सम्मका लागि लिन पाउनेछन् । विगत केही समय यता वाणिज्य बैंकहरुले पाईरहेको सुविधा अब लघुवित्त संस्थाहरुलाई पनि उपभोग गर्ने अनुमति राष्ट्र बैंकले दिएको हो । बिदेशी बैंक तथा वित्तीय संस्थाहरुले नेपालका लघुवित्त संस्थाहरुमा विना धितो कर्जा प्रवाह गर्नु पर्ने हुदाँ लघुवित्तहरुले राम्रो विश्वास बिदेशी बैंकलाई दिलाए मात्र ऋण पाउने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलको भनाई छ ।

वाणिज्य बैंकहरुबाट ऋण लिएर ग्रामिण जनतामा लगानी गरिरहेका लघुवित्तहरु राष्ट्र बैंकले गरिदिएको यो व्यवस्थाबाट कारोबारमा केही फाईदा पुग्ने देखिएको छ । आफ्नो पूँजीको २५ प्रतिशत मात्र ऋण बिदेशी बैंकबाट ल्याउँदा वाणिज्य बैंकहरुबाट लिएको कर्जाको तुलनामा १÷२ प्रतिशत व्याजदर सस्तो पर्न आउने नेपाल लघुवित्त वित्तीय संस्था संघका अध्यक्ष राम चन्द्र जोशीले बताएका छन् । पछिल्लो समयमा बढ्दो डलरको भाउको कारण नेपाली रुपैयाँको अवमुल्यन भइरहेको छ । बिदेशी बैंकहरुले नेपाली रुपैयाँमा नै ऋण दिए मात्र फाईदा छ, विदेशी डलरमा नै ऋण र ब्याजदर तिर्नु प¥यो भने कारोबारमा घाटा हुने अध्यक्ष जोशीका भनाई छ ।

राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने अनुमति दिए पश्चात निर्धन उत्थन बैंकले विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम आईएफसीबाट ऋण लिने प्रकृया शुरु गरेको छ । विदेशी बैंकबाट लिएको ऋण लघुवित्त संस्थाहरुले पर्यटन, कृषि, लघुजलविद्युत, लघुउद्यम, रोजगार तथा स्वरोजगार सिर्जना गर्ने क्षेत्रमा मात्र लगानी गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x