लुम्बिनी जनरल इन्सोरेन्सको नयाँ शाखा बौद्ध र कलंकीमा

काठमाण्डौं, ३१ भदौ । लुम्बिनी जनरल इन्सोरेन्सले आफ्नो ३८ र ३९ औं शाखा काठमाण्डौंको बौद्ध र कलंकीमा विस्तार गरेको छ । ग्राहकहरुलाई उच्च स्तरिय सेवा सुविधा दिने प्रतिबद्धताका साथ विस्तार गरिएको उक्त शाखाको उद्घाटन बिमा समितीका अध्यक्ष चिरन्जीवी चापागाँईले गरेका हुन ।

कम्पनीले उक्त शाखा उद्घाटन समारोहमा आधुनिक प्रणालीबाट दाबी भुक्तानी गर्न सकिने एपको पनि बिमोचन गरेको छ । सो एपबाट इन्सोरेन्स कम्पनीको सम्पुर्ण सेवा स्ुबिधाहरुको बारेमा र अन्य बिषयहरुमा समेत जानकारी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *