Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

विकास र सम्बृद्धिका लागि नेपाल–भियतनाम बीच सहकार्य आवश्यक छ : सचिब वैरागी

विकास र सम्बृद्धिका लागि नेपाल–भियतनाम बीच सहकार्य आवश्यक छ : सचिब वैरागी

काठमाडौं, २ जेठ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले नेपाल र भियतनाम बीचको सम्बन्ध मजबुत रहेको बताएका छन् । दुई देश बीच दौत्यसम्बन्ध विकास भएको ४३ बर्षको अवसर पारेर नेपाल–भियतनाम चेम्वर्स अफ कर्मसले आयोजना गरेको कार्यक्रममा उनले नेपालले भियतनामबाट पर्यटन, कृषि, जलविद्युत्त, ब्यापार र प्रविधिको क्षेत्रमा अधिकतम फाइदा लिन सक्ने बताए ।

दुई बीच सरकारी स्तरवाट आयात–निर्यातमा भएका समस्या समाधान गर्न तयार रहेको भन्दै उनले विकास र सम्बृद्धिको लागि सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल–भियतनाम चेम्वर्स अफ कर्मसका अध्यक्ष दिपक मलहोत्राले भियतानमा भइरहेको विकास मोडललाई नेपालले पनि अपनाउनुपर्ने बताए । त्यस्तै नेपाल पर्यटन बोर्डका निर्देशक नन्दनी थापाले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै दुई देशबीचको पर्यटन प्रवद्र्धनमा जोड दिइन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x