Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

संविधान संशोधनको प्रस्ताव कुनै पनि हालतमा पास नहुने दाबी ः रावल

संविधान संशोधनको प्रस्ताव कुनै पनि हालतमा पास नहुने दाबी  ः रावल

दुई तिहाई बहुमत प्रतिपक्षसँग स्प्रष्ट छ

धनगढी, २० माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधनको प्रस्ताव तुहिसकिएको बताएका छन् । आज प्रेस चौतारी नेपालले गेटा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मलनमा बोल्दै उपाध्यक्ष रावलले दुई तिहाई बहुमत प्रतिपक्षसँग स्पष्ट रहेकाले सो प्रस्ताव कुनै पनि हालतमा पास नहुने दाबी गरे ।
नेता रावलले सरकाले आफ्नो प्रमुख काम बिर्सेर देशलाई नै संकटमा पार्ने काम भइरहेको बताउँदै सरकारले छिटोभन्दा छिटो निर्बाचनको मिति घोषणा गर्नु आवश्यक रहेको बताए । लिने काम गरिरको बताए । प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्छु धेरै समय वितिसक्दा पनि अझै चुनावको मिति घोषणा गर्न नसक्नु दुःखद् भएको टिप्पणी गरे ।
देशको प्रमुख दल निर्वाचनका लागि तयार हुनुपर्ने भन्दै देशको प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन चाहेको हो कि होइन भन्दै नेता रावलले प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्न नहुने बताए । उनले चुनावको मिति घोषणा भए बैशाखमा निर्वाचन हुने बताए ।
उनले आफू सरकारमा छँदा ल्याएको राष्ट्रिय सुरक्षा नीति अहिले लत्याइएको र देशको सुरक्षामा नै आँच आउने कार्य भइरहेकोमा आपत्ति प्रकट गरे । संविधान जारी भएको दिनलाई कालो दिन मान्ने, संविधान जलाउने, हिमाल पहाड तराईलाई कुनै हालतमा पनि मिल्न नदिने भन्ने, जातजातिको नाममा जनतालाई भड्काउनेले देशको हित गर्न नसक्ने उनको भनाई थियो ।
तराईलाई अलग बनाउनुपर्छ भन्दै हिड्ने सीके राउतलाई कारबाही गर्न र उनका देश बिरोधी गतिविधि रोक्न वर्तमान सरकार असफल भएको भन्दै यो अवस्थामा सरकारमा बसिरहनुको कुनै औचित्य नभएको उनले बताए ।
त्यसै गरी नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनको नाममा सत्ता पक्षले पहिले गरेका बाचा कबुल पूरा गर्न मात्र भएको बताएका छन् । देश र जनताप्रति जिम्मेवार हुने हो भने संविधान सम्बत चुनाव हुनुपर्ने उनले बताए ।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै नेता पोखरेलले संविधान संशोधन राष्ट्रिय हित विपरित भएको र मुद्धाविना प्याकेज मै सहमति हुन्छ भन्नु गलत भएको बताए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x