Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

संविधान संसोधन विधेयक राष्ट्रविरोधी, एमालेले छलफलै हुन दिन्न

संविधान संसोधन विधेयक राष्ट्रविरोधी, एमालेले छलफलै हुन दिन्न

काठमाडौं, २२ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन विधेयक कुनैपनि हालतमा संसदमा छलफल गर्न नदिने बताएका छन् । नेकपा एमाले सहितका प्रतिपक्षी ८ दलले आज काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विधेयक राष्ट्रविरोधी भएकाले संसदमा छलफल हुन नदिने दोहो¥याए ।

कार्यान्वयन गर्दै जाँदा संविधान संसोधन गर्न आवश्यक हुने भएपनि संविधान जारी हुन नदिने र संविधान जल्याउनेहरुनै संविधान संसोधनका पक्षधर भएको हुँदा कुनैपनि हालतमा संसोधनमाथि छलफल हुन नदिने उनले चेतावनी दिए ।

‘संसदमा एमालेको ठूलो हैसियत छ । त्यहाँ राष्ट्रहित विपरीतको प्रस्ताव कदापी लैजान दिन्नौं’ उनले भने । प्रधानन्यायाधीश सुशीला कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच संविधान संशोधन विधेयकबारे छलफल भएको भनी आएको समाचारप्रति टिप्पणी गर्दै उनले यस्तो विषयमा छलफल हुनु दुखद भएको बताए । ‘प्रधानमन्त्री जस्तो ब्यक्ति भन्दै हिँड्नुभएको छ । प्रधानन्यायाधीशले भेट्नुभयो, सल्लाह दिनुभयो, अब ९संविधान संशोधन विधेयक० राम्ररी अगाडि बढाउनु छलफल गर्नु भनेर’ ओलीले प्रश्न गरे ‘सर्वोच्च अदालतको त्यो काम होरु’ अहिले नेपाललाई अस्तब्यस्त बनाउने, अशान्तिमा धकेल्ने र अन्त्यमा विभाजन गर्ने षड्यन्त्र भइरहेको भन्दै एमाले अध्यक्ष ओलीले एमालेले त्यसो हुन नदिने दावी गरे ।

बिरोध सभालाई सम्बोधन गर्दै ओलीले एमालेलाई मधेसबाट ब्याण्ड बाजा बजाएर बिदा गर्छौं भन्नेहरुलाई आफ्नो हैसियत बुझ्नपनि सुझाएका छन् ।

ओलीले सभामा भने– ‘केही व्यक्तिले एमालेलाई बाजा बजाएर मधेसबाट बिदा गर्ने भनेको सुनियो, म उनीहरुलाई हैसियत स्मरण गराउन चाहन्छु । सिंगो तराई मधेसमा उनीहरुले जितेको ११ सीट हो, एमाले एक्लैले ४० सीट जितेको छ । एमाले मधेसका जनताको बीचमा जागरण अभियान लिएर जाँदैछ ।’

क्ष्mबनभ mबथ अयलतबष्लस् यलभ यच mयचभ उभयउभि, अचयधम बलम यगतमययचओलीले फागुन दोस्रो सातापछि एमालेले मेची महाकाली अभियान चलाउन लागेको र काठमाडौंको जागरणलगत्तै तराई मधेसमा सिंगो पार्टी केन्द्रित हुने जानकारी दिए ।

ओलीले राजधानी उपत्यकाको जागरणलाई अब देशव्यापी फैलाउनुपर्ने बताए । उनले ५ नम्बर प्रदेशको बिभाजन मधेशी जनताको माग नभएर बाहृय शक्तिबाट निर्देशितत व्यक्तिहरुको माग मात्रै रहेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x