Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सनराइज बैंकले गर्याे बीमा रकम भुक्तानी

सनराइज बैंकले गर्याे बीमा रकम भुक्तानी

काठमाडौं, ५ असार । सनराइज बैंक लिमिटेडले स्वास्थ बीमा सुविधा अन्तरगत बैंकको पाको, न्युरोड शाखाका ग्राहक श्रीमती अम्बिका मैंया श्रेष्ठलाई उपचार खर्च बापत ४ हजार २१६ रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बैंकले यस सुविधा अन्तरगत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ । बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x