सन नेपाल लाइफको शेयर निष्काशकमा नेपाल एसबीआई

काठमाडौं, ३१ जेठ । सन नेपाल लाइफ इन्स्योरेन्सले साधारण शेयर निष्काशनको लागि नेपाल एसबीआई मर्चेन्ट बैकिङलाई शेयर निष्काशकमा नियुक्त गरेको छ । सम्झौता पत्रमा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र नेपाल एसबीआई मर्चेन्ट बैकिङका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरे ।
२ अर्ब चुक्ता पुँजी रहेको उक्त कम्पनीका संस्थापकहरुले १ करोड ४० लाख रुपियाँ र साधारण शेयर निष्काशनबाट ६० लाख कित्ता बराबरको ६० करोड रुपियाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आव २०७५।७६ को भदौ महिनाको अन्तिम सातासम्म शेयर निष्काशन गर्ने योजना बनाएको छ । हालसम्म कम्पनीले ७ लाख विमालेख बिक्री गरिसकेको छ भने हालसम्म २० शाखा स्थापना गरिसकेको छ । चालु आवमा थप १५ वटा शाखा थप गर्ने र असोजसम्म कुल शाखा संख्या ८० पु¥याउने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *