Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

समता माइक्रोफाइनान्सको बुक क्लोज असार १२ गते

समता माइक्रोफाइनान्सको बुक क्लोज असार १२ गते

काठमाडौं, ३ असार । समता माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासनको लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ । माइक्रोफाइनान्सले असार १२ गते शेयरदर्ता किताब बन्द गर्ने जनाएको छ । असार ११ गतेसम्म माइक्रोफाइनान्सको शेयर किन्ने लगानीकर्ताहरुले हकप्रद शेयरका आवेदन दिन पाउँनेछन् ।

माइक्रोफाइनान्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमती पाएको छ । माइक्रोफाइनान्सले १ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको १ लाख ८९ हजार ६ सय कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । माइक्रोफाइनान्सले हकप्रद शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x