सांग्रिला डेभलपमेन्ट बैंकले थप्यो हकप्रद शेयरको दाखिलाको मिति

काठमाडौं, २१ माघ । सांग्रिला डेभलपमेन्ट बैंकले हकप्रद शेयरको आवेदन भर्न म्याद थप गरेको छ । बैंकले हकप्रद शेयर आवेदनको लागि एक हप्ताको म्याद थप गरेको जनाएको छ ।

बैंकले १० बराबर ८ कित्ता अर्थात ८० प्रतिशत हकप्रद शेयरको लागि माघ २८ गतेसम्म म्याद थपेको छ । यसअघि बैंकले माघ २१ गते उक्त हकप्रद शेयरको बिक्री बन्द गर्ने भनेको थियो । बैंकले पौष १९ गते देखी हकप्रद शेयरको बिक्री खुल्ला गरेको थियो ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता हकप्रद शेयर जारी गरेको छ । बैंकले जारी गरेको उक्त हकप्रद शेयरको पुँजीकरण पछि चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँबाट २ अर्ब ४४ करोड रुपैयाँ पुग्ने जनाएको छ । बैंकले उक्त हकप्रद शेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *