Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सानिमा क्यापिटलले म्युचियल फण्ड ल्याउँदै

सानिमा क्यापिटलले म्युचियल फण्ड ल्याउँदै

काठमाडौं, ४ मंसिर । सानिमा क्यापिटलले सानिमा इक्विटी फण्ड नामक म्युचियल फण्ड योजना निष्कासन गर्ने भएको छ । सानिमा क्यापिटलले १० रुपैयाँ अंकित मुल्य भएको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाईको उक्त योजना निष्कासन गर्ने भएको हो । क्यापिटलले मंसिर १२ देखी उक्त योजनाको बिक्री खुल्ला गर्ने जनाएको छ ।

यस योजना अन्तरगत क्यापिटलले १२ करोड इकाई मध्ये १५ प्रतिशत क्यापिटलको प्रवर्धक सानिमा बैंकको स्वमित्व रहने छ । बाँकी रहेको इकाई सर्वसाधारणहरुका लागि बिक्री गरिने छ । क्यापिटल सानिमा बैंकको सहायक कम्पनी हो ।

यस योजना छिटो मंसिर १५ गते बन्द हुनेछ भने बढिमा मंसिर २६ गतेसम्म विक्री खुल्ला हुने बताइएको छ । यो योजना बन्दमुखीे प्रकारको हो । यसको अवधि ७ वर्षको रहने क्यापिटले जनाएको छ । क्यापिटलले न्युनतम एक सय इकाई देखी अधिकतम २४ लाख इकाईसम्म लगानीकर्ताहरुले खरिद गर्न पाउने बताएको छ ।

आस्वा प्रणालीका सदस्यहरुले यो योजना खरिद गर्न पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x