Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

साफा सम्मेलन राजधानीमा जारी, ४ सय भन्दा बढी लेखा व्यवसायी सहभागि

साफा सम्मेलन राजधानीमा जारी, ४ सय भन्दा बढी लेखा व्यवसायी सहभागि

काठमाडौं, १७ माघ । दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) सम्मेलन राजधानीमा जारी छ । सदस्य संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा हिजो देखि उक्त सम्मेलन आयोजना गरेको हो । सम्मेलनको औपचारिक उद्घाटन भने आज गरिएको छ । सम्मेलन बिहीबारसम्म चल्नेछ । आयोजकका अनुसार सम्मेलनमा लेखा तथा वित्तीय जोखिम व्यवस्थापन, पारदर्शीता र व्यवस्थापन सम्बन्धि छलफल हुनेछ । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति गरिनेछ । साथै साफा अवार्ड वितरण लगायत कार्यक्रमहरु गरिने आयोजकले जनाएको छ ।

सम्मेलनमा साफा सदस्य राष्ट्रका १५ ख्यातिप्राप्त लेखा व्यवसायीले कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । ४ सयभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय लेखा व्यवसायीको सहभागिता रहनेछ । सम्मेलनको पहिलो दिन मंगलबार (क्वीज एण्ड एलोक्युसन कन्टेस्ट) आयोजना गरिएको थियो । सो प्रतियोगितामा नेपाल प्रथम भएको बताइएको छ ।आइक्यानका अध्यक्ष प्रकाशजंग थापाले मुलुकमा वित्तीय सुशासन र आर्थिक पारदर्शीता कायम गर्न, दक्ष जनशक्ति उत्पादन गर्न सम्मेलन उपयोगी हुने बताए । साफाका अध्यक्ष डा. सुवोध कर्णले सम्मेलनले सार्क क्षेत्रको लेखा व्यवसायलाई थप व्यवसायिकिकरण गर्न र एक अर्काको सीप र ज्ञान आदान–प्रदान गर्न सहयोग पुग्ने बताएका छन् ।

अहिले साफाका विभिन्न सातवटा समितिको बैठक चलिरहेको छ आयोजकको भनाइ छ । आयोजकका अनुसार चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा हाल ८ हजार ४ सय सदस्य रहेका छन् । करिब ७ हजार चार्टर्ड एकाउन्टेन्ट्सका विद्यार्थी अध्ययनरत छन् । साफामा नेपालसहित दक्षिण एशियाली मुलुकका ३ लाख ७५ हजार लेखा व्यवसायी आबद्ध रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x