सार्वभौम साख मूल्यांकनः नेपालका लागि किन जरुरी छ?

— जोसेफ सिल्भानुस

राष्ट्रिय योजना आयोगले दीगो विकास लक्ष्य कार्यान्वयन गर्न सन् २०३० सम्म प्रतिवर्ष १७.५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ । दीगो विकास लक्ष्य हासिल गर्न विद्यमान विकास सहायता, आन्तरिक स्रोतहरु र अन्तर्राष्ट्रिय लगानी समेत हेर्दा कुल गार्हस्थ उत्पादनको १२ प्रतिशत लगानी कम हुन आउँछ, यसका लागि अन्य सरोकारवाला र निजी क्षेत्रको पहल आवश्यक पर्छ ।
यस्तो लगानीको खाडल कम गर्ने केही उपयाहरु छन् । यस्ता उपायहरु आन्तरिक वित्तिय पूर्वाधारको परिपक्वता, पारदर्शिता, कानूनी शासन तथा अन्तर्राष्ट्रिय पुँजी प्रवाहको पहुँचसँग एकआपसमा अन्तरसम्बन्धित छन् ।
जोखिमविरुद्ध व्यावसायिक अनुकुलता (डुइङ विजनेस) को तादम्यताको एउटा दह्रो मापन सार्वभौम साख मूल्यांकन अर्थात् विदेशी पुँजी ल्याउनका लागि राष्ट्रकै साख मूल्यांकन प्रमुख आधार हो । सार्वभौम साख मूल्यांकनले लगानीकर्तालाई कुनै पनि जोखिमयुक्त देश (राजनीतिक जोखिम सहित) जोखिमको तहकिकात गर्न सहयोग गर्छ । कुनै देशको अनुरोधमा ख्यातिप्राप्त साख मूल्यांकन कम्पनीले साख मूल्यांकन गरिदिन्छ । विकासशील राष्ट्रहरुका लागि विदेशी पुँजी बजार र बचतपत्र बजारबाट पुँजी प्राप्त गर्न राम्रो साख मूल्यांकन हासिल गर्नु अपरिहार्य पनि छ ।

साख मूल्यांकनले देशको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गरी व्यापक परिवर्तन ल्याउनेछ । यसले बजारको प्रभावकारिता वृद्धि गरी कर्जा सापटी लिने र लगानीकर्ता दुवैको लागत घटाउँछ । खासगरी, यसले नेपालको अन्तर्राष्ट्रिय फ्रोफाइल सुधार गर्छ भने यसले सरकारी र निजी क्षेत्रको विश्व पुँजी बजारमा एउटा मानकको काम गर्नेछ भने प्रत्यक्ष वैदेशिक लगानी आकर्षण गर्न सहयोग गर्छ । सार्वभौम साख मूल्यांकलने नेपालमा चालु आर्थिक र वित्तिय सुधारका पहललाई समर्थन गर्छ । त्यसैगरी, यसले विश्व पुँजी बजारमा निरन्तर प्रवेश गर्ने नेपालको क्षमता पनि वृद्धि गर्छ र यसक्रममा विश्व पुँजी बजारमा सर्वोत्तम मूल्यमा रकम प्राप्तिका लागि पनि यसले सहयोग गर्छ । जसबाट प्राथमिक र द्वितिय बजारमा तरलताको अवस्थामा सुधार हुन्छ भने लगानीकर्ताको स्वीकार्यता वृद्धि हुन्छ । सार्वभौम रेटिङ र राष्ट्रिय अधिकतम सीमाले अन्तर्राष्ट्रिय बैंक र लगानीकर्ताहरुलाई नेपालमा गरिने लगानीको सीमा तोक्न पनि सजिलो हुन्छ, चाहे त्यो स्थानीय बैंकहरुमार्फत् गरिने लगानी होस् या व्यावसायिक साझेदारमार्फत् ।

प्रत्यक्ष वैदेशिक लगानी महत्वपूर्ण स्रोत हो र व्यवहारिक निष्कर्षहरुले प्रत्यक्ष वैदेशिक लगानी र सार्वभौम साख मूल्यांकनमा अन्तरसम्बन्ध देखाएका छन् । नेपालका सबै छिमेकी देशहरुको साख मूल्यांकन भएको छ र तिनीहरुले लगानीको वातावरण सुधारका सवालमा राम्रो प्रगति हासिल गरेका छन् । साधरण भाषामा भन्ने हो भने, उच्च दरका सार्वभौम साख मूल्यांकन प्राप्त गरेका देशहरुले साख मूल्यांकन नगराएका देशहरुको तुलनामा सस्तो, बहुल क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी प्राप्त गरेका छन् । त्यस्तै, उच्च मूल्यांकनले आन्तरिक पुँजी बजार विकास र आन्तरिक बचतलाई पनि बजारमा परिचालन गर्न सहयोग गर्छ । उच्च मूल्यांकन पारदर्शिता, अनुमानयोग्य कानूनी संरचनासँग सम्बन्धित छन्, जसले ठूलो पुँजी आप्रवाहलाई सघाउँछ । नेपालको वित्तिय क्षेत्र, नवजात भएपनि विस्तारै बढ्दैछ र बैंकिङ क्षेत्र परिपक्व उपक्षेत्रका रुपमा देखा परेको छ । विशिष्टीकृत वित्तिय संस्थाहरु जलविद्युत् लगानी तथा विकास कम्पनी, पूर्वाधार विकास बैंकले खास क्षेत्रको कर्जा आवश्यकता पूरा गर्ने र उक्त क्षेत्रलाई फराकिलो बनाउँदै लगेका छन् । बजारको यो परिपक्वताले प्राथमिक र द्वितिय पुँजी बजारको विकासलाई समेत समावेश गर्छ । सामाजिक रुपमा उत्तरदायी लगानीकर्ता र निजी क्षेत्र समेतको स्वपुँजीले नेपाललाई बाँकी विश्वसँग समेत जोड्नेछ ।

हामी बैंकले नेतृत्व गरेको वित्तिय प्रणालीबाट बजारले निर्धारण गर्ने विकल्पले सस्तो दरको लगानी, प्रभावकारी स्रोत परिचालनबाट जोखिमको यो वक्रबाट पार पाउन सक्नेछौं । राष्ट्रिय साख मूल्यांकनका अरु फाइदाहरुमा यसले आन्तरिक वित्तिय मध्यस्थतालाई सहुलियत प्रदान गर्नुका साथै र उत्प्रेरित गर्छ । किनकी विदेशी बजारमा सस्तो कर्जाको उपलब्धता र कसरी प्राप्त गर्ने जानकारी भएर पनि विनिमय दर र कर्जाको जोखिमका कारण उनीहरु कर्जा सापटीका लागि उत्साहीत नभइरहेको हुनसक्छ । यसका लागि स्वदेशी पुँजी बजारको विकासका पनि आवश्यक पर्छ । सक्रिय बचतपत्र बजार (दोस्रो)ले संस्थाहरुलाई मूल्यांकन गरिएको ऋणका औजार र सक्रिय कारोबारका लागि वैदेशिक जोखिम समेतलाई ढाक्नेगरी बजारलाई सम्पत्ति र दायित्वको दीर्घकालीन यथोचित मूल्य निर्धारण गर्न सहयोग गर्छ । दीर्घकालीन प्रकृतिका आयोजनामा लगानी हुने विदेशी ऋणमा विनिमयदर उतारचढावको जोखिमलाई समेत ढाकेर यस्ता परियोजनालाई पनि सम्भाव्य बनाउँछ । नेपाल सरकारले उदीयमान अवस्थालाई मूल्यांकन गर्ने जोखिम पहिचान गरी सार्वभौम साख मूल्यांकनको प्रक्रिया सुरु गर्न यो उपयुक्त समय हो ।

(सिल्भानुसको यो लेख द हिमालयन टाइम्सको अनलाइन संस्करणबाट अनुवाद गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *