Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

साहित्यकार ओझाको निधन

भीमदत्तनगर, पुस १५ गते । सुदूरपश्चिमका अग्रज साहित्यकार आत्माराम ओझाको ८८ वर्षको उमेरमा आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा निधन भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–६ निवासी साहित्यकार एवम् इतिहासकार ओझा सुदूरपश्चिममा २००६ सालमा ‘उसा अनिरुद्र नाट्य’ कृतिबाट साहित्य क्षेत्रमा उदाउनुभएको थियो । उहाँको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको भीमदत्तनगरमा साहित्यकार हेमबाबु लेखकले बताउनुभयो ।

एक दर्जन कृतिका रचयिता साहित्यकार ओझाले सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कारसमेत प्राप्त गर्नुभएको थियो । त्यसैगरी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका महासचिव टी एन जोशीले पनि साहित्यकार ओझाको निधनबाट साहित्य र संस्कृतिका क्षेत्रमा क्षति पुगेको अभिव्यक्तिसहित भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

‘सुदूरपश्चिम इतिहास परिचय’ ‘तिला’ र ‘राजा नागी मल्ल’ उहाँका प्रसिद्ध कृति हुन्

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x