सूचना केन्द्रको भवन निर्माणका लागि उपभोक्ता समिति गठन

टीकापुर 22 पुस, जिल्ला विकास समिति कैलालीले टीकापुरमा सूचना केन्द्र स्थापनाका लागि १० लाख रुपैया विनियोजन गरेको छ । टीकापुर नगरपालिका वडा नम्बर ९ मा स्थापना हुने सूचना केन्द्रको भवन निर्माणका लागि जिल्ला विकास समिति कैलालीको सस्कृति पर्यठन कार्यक्रम अन्र्तगत सो रकम विनियोजन गरीएको हो ।

भवन निर्माणका लागि विरमञ्जन वटालाको अध्यक्षतामा ९ सदस्यि भवन निर्माण उपभोक्ता समिति र नरेन्द्र शाहीको संयोजकत्वमा ५ सदस्यि अनुगमन समिति पनि गठन गरीएको वडा नम्बर ९ का वडा सचिव चक्रबहादुर रावलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *