हकप्रद पछि वोमी माइक्रोफाइनान्सको भयो मुल्य समायोजन

काठमाडौं, ४ जेठ । हकप्रद शेयर प्रयोजनको लागि वोमी माइक्रोफाइनान्सको शेयर मुल्य समायोजन भएको छ । नेप्सेले माइक्रोफाइनान्सको शेयर १४३० रुपैयाँमा मुल्य समायोजन गरेको छ । यस्तै नेप्सेले माइक्रोफाइनान्सको शेयर आधार मुल्य १३६८.८८ रुपैयाँ तोकेको छ ।

वोमी माइक्रोफाइनान्सले १० बराबर ३ कित्ता अर्थात ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । हकप्रद शेयर निष्कासनको माइक्रोफाइनान्सको जेठ ४ गते शेयर दर्ता किताब बन्द गरेको छ ।

माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २ करोड ३३ लाख २८ हजार रुपैयाँ बराबरको २ लाख ३३ हजार २८० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्कासन पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ७ करोड ७७ लाख रुपैयाँबाट १० करोड १० लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *