Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हिमालयन सिमापार वाणिज्य संघको अध्यक्ष बच्चु पौडेल विजयी

हिमालयन सिमापार वाणिज्य संघको अध्यक्ष बच्चु पौडेल विजयी

काठमाडौं, २९ माघ । चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था हिमालयन सिमापार वाािण्ज्य संघको अध्यक्षमा बच्चु पौडेल निर्वाचित भएका छन् । हिजो सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका हुन । उनका प्रतिस्पर्धी अमृतकुमार खड्काले तीन सय ६२ मत ल्याए ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा अशोककुमार श्रेष्ठ, महासचिवमा होमबहादुर तिमिल्सना, सचिवमा सुजित बस्नेत बिजयी भएका छन् । संघमा ३८ सदस्यिय कार्यसमिति रहने र कार्यकाल दुई वर्षको हुने छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले निर्वाचनको बेलाका सबै तिता अनुभवहरुलाई विर्सेर सबैसँग सहकार्य गर्दै व्यवसायीक हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले विगत दुई वर्ष देखि बन्द तातोपानी नाका खुलाउन र केरुङ नाकालाई थप व्यवस्थित बनाउन आफ्नो टिमले नेपाल सरकार र चीन सरकारसँग आवश्यक सहकार्य गर्ने पनि बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x