ुउन्मुक्तिलेु बढाउँदै छ क्रुरता

नेपालगन्ज( रिहाना ढपालीको धपक्क बलेको अनुहार हेर्दा लाग्छ– उनको जीवनबाट दुःख ुदूरु भइसक्यो। त्यही सुन्दर अनुहारभित्र लुकेको पीडाको घाउ भने आलै छ। साढे दुई वर्षअघिको घटना सम्झँदा उनको अनुहारमा एकाएक तुवाँलो ढाक्छ। जिउँदै जलाउन खोज्ने पति गाउँमा स्वतन्त्र हिँडडुल गरिरहेको देख्दा मनमा झन् आक्रोशको ज्वाला दन्किन्छ।

ुदाइजो नल्याएको निहुँमा मलाई जिउँदै जलाएर मार्न खोज्ने त्यो अपराधी गाउँमा निष्प्किक्री घुमिरहेको छ,ु हिरमिनिया–८, अहिरपुरवाकी रिहानाले भनिन्, ुप्रहरीप्रशासनलाई जति गुहार्दा पनि समात्दैन, उस ९पति० ले मलाई उल्टै धम्की दिइरहेको छ।ु

रिहानाको शरीरको घाउ त निको भयो तर त्यसयता उनकै समाजमा दोहोरिएका उस्तै आठ घटनाले बल्झाइरहेछ मनको घाउ।
शरीरमा आगो लगाउने ुअपराधीु माथि कानुनी कारबाही नहुँदा थुप्रै महिला रिहानाको नियति भोग्न विवश छन्। अपराधीलाई उन्मुक्ति दिइँदा पीडकको मनोबल बढेर घटना दोहोरिने गरेको छ। रिहाना प्रकरणपछि मात्र बाँकेमा महिला जलाइएका आठ वटा घटना जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा छ। तीमध्ये तीन जनाको ज्यान गएको छ।

यस्तै घटनाको शृंखलामा जोडिएकी पछिल्लो पात्र हुन्– बाँकेगाउँकी २३ वर्षीया अनिशा खटिक। बिहीबार राति घरायसी विवादमा पति राजेन्द्रले उनको शरीरमा मट्टीतेल छर्केर आगो झोसे। ५० प्रतिशत भाग जलेकी उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। राजेन्द्र फरार छन्।

ुराजेन्द्रको खोजीमा हामीले विशेष टोली खटाएका छौं,ु वडाप्रहरी इन्चार्ज राजन गौतम भन्छन्, ुउनको परिवार र ससुरालीतिरका मान्छेले पनि खोजीमा सहयोग गरिरहेका छन्।ु

बाँकेमा महिला जलाउने घटना विकराल रूपमा बढेको छ। २०७१ असोज २६ मा दुई महिलामाथि आगो लगाइएको थियो। नेपालगन्ज, खासकारकाँदोकी हेमकुमारी धोबी र इन्द्रपुरकी पूजा नाउ ९ठाकुर० माथि पतिले आगो लगाएका थिए। घटनामा पूजा बल्लतल्ल बाँचे पनि हेमकुमारीको ज्यान गयो।

ुमहिला जलाइन्छन्, जलाउनेमाथि कारबाही हुँदैन,ु महिला अधिकारकर्मी बिन्दु कुँवर भन्छिन्, ुदोषीमाथि कारबाही नभएकाले यो क्रम रोकिएको छैन।ु

घटनापछि अधिकांश महिलाले पति वा पीडकविरुद्ध उजुरी नदिनु अर्को कमजोरी हो। उजुरी दिइहाले पनि प्रहरीले समातेर कारबाही गर्दैन। अधिकारकर्मी कुँवरको भनाइमा केही घटनामा प्रहरीले पीडकलाई समाते पनि जाहेरी नपर्दा छाडिदिन्छ। यस्तै प्रहरी हेलचक्रयाइँको उदाहरण हो– रिहाना घटना। घटनालगत्तै रिहानाले पति फरिद ढपाली र सासूससुराविरुद्ध प्रहरीमा जाहेरी दिइन्। सँगै उनले पतिसँग सम्बन्धविच्छेदका लागि निवेदन पनि दिइन्। तर, अहिलेसम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन। न त पतिले सम्बन्धविच्छेदका लागि बाटो नै खोलिदिएका छन्।

ुप्रहरीले फरार भनेर खोज्न अल्छी गरिरहेको छ, उनीहरू भने गाउँमै छन्,ु रिहानाका ठूलोबुबा सलिनशेख ढपाली भन्छन्, ुसरकारकै मान्छेले बचाएपछि हामी निमुखाको के लाग्छरुु

सलिनका अनुसार भारतमा लुकेका लक्ष्मणपुर–८, मियापुरका फरिद गाउँमा आउजाउ गरिरहन्छन्। केही समयअघि गाउँमा आएको खबरपछि पक्राउ गर्न गएको प्रहरी टोली ुभेट्टाउन सकिएनु भन्दै फर्किएको उनले बताए।

सलिनका अनुसार फरिदलाई उनी कामदार भएर बसेको एक स्थानीय ुठूलाबडाु को संरक्षण छ। ुउनकै भनसुनमा प्रहरी प्रशासन चुपचाप बस्ने गरेको छ,ु सलिनले भने, ुप्रहरीले चाह्यो भने त जसरी पनि पक्राउ गरिहाल्थ्यो नि।ु

रिहानाजस्तै पतिसँग सम्बन्धविच्छेदसहित कारबाही माग गर्ने पीडित महिला निकै कम छन्। आफू जलेपछि पतिमा आश्रित रहने बालबालिकाको भविष्यको चिन्ताले उनीहरू पीडा सहेर पनि पतिलाई जेल पठाउने साहस गर्दैनन्। आधा शरीर जलेर २०७२ साउन १७ गते भेरी अञ्चल अस्पतालको ुबर्निङ वार्डु मा भर्ना भएकी बर्दिया महमदपुरकी गीता नेपाली ९शेख० ले यसरी नै पीडा लुकाइरहेकी थिइन्। गीतामाथि सौता हालेका पति नैमुद्दिन शेखको भनाइबाट प्रस्ट हुन्थ्यो– गीतामाथि आगो दोस्रो व्यक्तिले झोसिदिएको हो। गीताले भनेकी थिइन्, ‘मैले आगो आफैं लगाएकी हुँ, कसैलाई दोष दिन्नँ।’

एकै दिन जलाइएका पूजा र हेमकुमारीको बयान पनि यस्तै अनौठो थियो। अस्पताल शऒ्ढयामा रहेका बेलासमेत उनीहरूले शरीरमा आफैं आगो सल्किएको बताएका थिए। हेमकुमारीले खाना पकाउँदा र पूजाले बच्चालाई दूध चुसाउँदा शरीरमा आगो लागेको बताएका थिए।

हिंसापीडित महिलालाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएकी अधिवक्ता पुनम श्रेष्ठ अधिकांश पीडितले यसरी नै ुहोस्टायलु गर्दा जटिलता निम्तिने गरेको बताउँछिन्। उनका अनुसार पीडितले घटनामा संलग्नलाई चिने पनि प्रहरी र अदालतमा उनीहरु आफैंले आगो लगाएको बयान दिन्छन्। ुडरत्रास वा अन्य कारणले पीडितले पीडकलाई उम्काउने वातावरण तयार पारिदिन्छन्,ु उनी भन्छिन्, ुयसले गर्दा पीडकहरू कानुनी कारबाहीबाट सहजै उम्किन्छन्।ु

जलाइएका आठवटा घटनामध्ये पाँच घटनामा पीडक फरार रहेका वा अदालतबाट धरौटीमा छुटेका छन्। बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राई सांस्कृतिक तथा सामाजिक कारणले पीडित महिलाले पतिविरुद्ध नबोल्ने वा माफी दिने प्रवृत्तिले गर्दा अनुसन्धानमा अवरोध निम्तिने गरेको बताउँछन्। ुप्रहरीले प्रमाण पाएसम्म पीडकलाई कानुनी दायरामा ल्याउँछ,ु उनले भने, ुपीडकले साथ नदिँदा समस्या आउने गर्छ।ु प्रहरी जनशक्ति अभावले पनि घटनाका दोषी फरार हुने गरेका उनले बताए। पश्मिेलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *