Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१९७ वैदेशिक रोजगार कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा

१९७ वैदेशिक रोजगार कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा

काठमाडौ, असार ७ ।  सरकारले वैदेशिक रोजगारका क्रममा कामदारहरुलाई समस्यामा परेका र नियमित नभएका झण्डै २ सयवटा वैदेशिक रोजगार व्यवसायी कम्पनीको इजाजतपत्र खारेज गरेको छ । वैदेशिक रोजगार विभागले नियमित नभएका, ठगी गरेका, कानुनको उल्लङ्घन गर्ने  १९७ कम्पनीको इजाजतपत्र खारेज गरेको हो । वैदेशिक रोजगारका क्रममा समस्यामा परेका पीडित श्रमिकको उजुरीका आधारमा र कतिपय नियमित नभएका कारण इजाजत रद्द गरिएको विभागले जनाएको छ ।

यस्तै, वैदेशिक रोजगार विभागले नेपालबाट श्रमिक आपूर्ति गर्दै आएका ६४ रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखेको छ । मलेसिया, साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (युएई)का ६४ कम्पनीलाई कालो सूचीमा राखिएको हो । विभागका अनुसार कालो सूचीमा पर्नेमध्ये मलेसियाका मलेसियाका ५२ वटा कम्पनी रहेका छन् । यस्तै साउदी अरब पाँचवटा, युएईका चारवटा र कतारका तीन गरी ६४ वटा विदेशी रोजगारदाता कम्पनीलाई कालो सूचीमा राखिएको छ ।

कालो सूचीमा राखिएका रोजगारदाता कम्पनीमा नेपाली श्रमिक पठाउन बन्द गरिएको छ । कालो सूचीमा परेका रोजगारदाता कम्पनीमा स्वचालित श्रम स्वीकृति जारी नहुने प्रक्रिया तय गरिएको छ, कालो सूचीमा परेका कम्पनीबाट रोजगार व्यवसायीले श्रमिकको माग ल्याए पनि श्रम स्वीकृतिमा प्रतिबन्ध गरिएको विभागले जनाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x