३३ किलो सुन प्रकरण- आर के ज्वेलर्समा छापा

काठमाडौ,२८ जेठ ।सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा छानविन समितिले जेठ २८ गते सोमबार काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलिले न्यूरोडस्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबारमार्गस्थित आर के डायमन्डमा छापा मारेको हो  । सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ । उक्त पसलका मालिक शाक्य अनुसन्धानका लागि पक्राउ परी यसअघि नै प्रकाउ गरि थुनामा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *