Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अटो लोनमा बैंकहरुको लगानी बढ्दो, अटो मेलालाई लक्षित गरि कर्जाको व्याजदर पनि घटाए

अटो लोनमा बैंकहरुको लगानी बढ्दो, अटो मेलालाई लक्षित गरि कर्जाको व्याजदर पनि घटाए

काठमाडौं, ३० भद्रौ । पछिल्लो समय नेपालमा अटो लोन (सवारी कर्जा) मा बैंक तथा वित्तिय संस्थाहरुले लगानी बढाउदै लगेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक बर्षमा मात्र वित्तिय क्षेत्रले १ खर्ब ७१ अर्ब ५ करोड रुपैयाँ हायर पर्चेज मार्फत कर्जा प्रवाह गरेका छन ।

वित्तिय संस्थाहरुद्वारा सर्वसाधारणहरुलाई प्रवाह गर्ने कर्जामा सबै भन्दा बढी हिस्सा सवारी कर्जाको रहने गरेको छ। राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा बैंक तथा वित्तिय संस्थाहरुले बढी कर्जा प्रवाह गरेको भन्दै ९० प्रतिशत सम्म पाईने हायर पर्चेज कर्जाको दायरालाई मौद्धिक नीति मार्फत संशोधन गदै ६५ प्रतिशतमा झारेको छ ।

राष्ट्र बैंकले अनुत्पादक क्षेत्र भनेर कर्जाको दायरा घटाए पनि बैंकिङ्ग क्षेत्रबाट प्रवाहित सवारी कर्जाको अनुपात भने बर्षेनी बढ्दो छ । आर्थिक बर्ष २०७०÷०७१ मा बैंकिङ्ग क्षेत्रले हायर पर्चेज कर्जा ८० प्रतिशत सम्म दिन पाउने व्यवस्था हुँदा उक्त आर्थिक बर्षमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले सवारी कर्जा ६३ अर्ब ६५ करोड रुपैयाँ प्रवाह गरेका थिए । आर्थिक बर्ष २०७१÷०७२ मा वित्तिय संस्थाहरुले हायर पर्चेज कर्जा आर्थिक बर्ष ०७०÷०७१ मा भन्दा ७ अर्ब ३१ करोड रुपैयाँ बढी प्रवाह गरेका थिए । नेपालीहरुको बढ्दो नीजि सवारी साधन प्रतिको आर्कषणका कारण वित्तिय संस्थाहरुले सो आर्थिक बर्षमा ७० अर्ब ९६ करोड रुपैयाँ सवारी कर्जा मार्फत लगानी गरेका हुन् ।

त्यसै गरि आर्थिक बर्ष २०७२÷०७३ मा बैंक तथा वित्तिय संस्थाहरुले सवारी साधान खरिदमा मात्र १ खर्ब १० अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । आर्थिक बर्ष ०७१÷०७२ मा भन्दा उक्त आर्थिक बर्षमा ६२ अर्ब ९३ करोड ९ लाख रुपैयाँ बढी सवारी साधानमा हायर पर्चेज कर्जा मार्फत लगानी गरेका हुन् । बैक तथा वित्तिय संस्थाहरुमा ६÷७ प्रतिशत व्याजदरमा ८० देखी ९० प्रतिशत सम्म अटोलोन लिने ग्राहकहरुको संख्या बढ्दै जादाँ बर्षेनी दोब्बरले सवारी साधानमा बैकिङ्ग क्षेत्रको लगानी बढेको हो ।

प्रत्येक बर्ष सवारी साधानमा बैकिङ्ग क्षेत्रको लगानी बढ्दै जादाँ आर्थिक बर्ष २०७३÷०७४ मा अघिल्लो आर्थिक बर्षको सोही अबधीमा भन्दा ४० अर्ब ३१ करोड रुपैयाँ बढी लगानी गरेका थिए । त्यस्तै आर्थिक बर्ष २०७३÷०७४ मा हायर पर्चेज कर्जा मार्फत बैंक तथा वित्तिय क्षेत्रबाट १ खर्ब ५० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह भएको थिए । गत आर्थिक बर्ष २०७४÷०७५ मा राष्ट्र बैंकले डाउन पेमेन्टको दायरा घटाएर ५० प्रतिशतमा झारेको थियो ।

उक्त समयमा सवारी साधान खरिद बिक्रीमा मन्दी लागेको भन्दै बिभिन्न अटो मोबाइल्स कम्पनीहरुले राष्ट्र बैंकसँग डाउन पेमेन्टको दायरा बढाउन माग गरेका थिए । केन्द्रिय बैंकले आर्थिक बर्षको अर्ध बार्षिक मौद्रिक नीति समिक्षा मार्फत सो को दायरमा १५ प्रतिशत थप गरि ६५ प्रतिशत डाउन पेमेन्टमा सवारी खरिद गर्न पाउने व्यवस्था गरिदिए पश्चात अटो मोबाइल्स कम्पनीहरु र डाउन पेमेन्टमा सवारी खरिद गर्ने ग्राहकहरुलाई राहत मिलेको थियो ।

गत आर्थिक बर्षमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले हायर पर्चेज कर्जामा प्रवाहित कर्जा वृद्धिदरको अनुपात अघिल्लो आर्थिक बर्षहरुको तुलनामा केही कम भएता पनि सवारी साधन खरिदमा वित्तिय क्षेत्रले १ खर्ब ७१ अर्ब ५ करोड रुपैयाँ लगानी गरेका छन् । सो लगानी अघिल्लो आर्थिक बर्षको भन्दा २० अर्ब ६५ करोड रुपैयाँ बढी हो ।

हाल बैंक तथा वित्तिय क्षेत्रमा तरलताको अबस्था सहज छ । यस्तो अबस्थामा राष्ट्र बैंकले अटोलोनको दायरा बढाईदेला भन्ने अपेक्षा अटो मोबाईल्स व्यवसायीहरुको रहेको छ । अटो मोबाइल्सको कारोबारबाट पनि देशको अर्थतन्त्रमा धेरै योगदान भईरहेको छ । केही समय अगाडी अनुत्पादक क्षेत्र भनेर घटाएर ५० प्रतिशत पु¥याएको दायरा पुन संशोधन गरि ६५ प्रतिशत कायम गरिएको छ । यसले आगामी दिनमा अझ दायरा बढाउने आशा जगाएको अटो व्यवसायीहरुको तर्क छ । अहिले अधिकांश आवश्यक भएर वा कोही कोही रहरले पनि नीजि सवारी साधानहरु नै खरिद गर्न चाहन्छन् तर अहिले पुरै पैसा एकै पटक तिर्न सक्ने अधिकांशको हैसियत नभइ सकेको कारण पनि अटो लोनमा केही सहजता ल्याउनुपर्ने उनीहरुको भनाई छ ।

उसो त अहिले राजधानीमा जारी सवारी साधान खरिद विक्रीको महाकुम्भ अटो मेलालाई लक्ष्यित गरि सवारी खरिदमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले सवारी साधन कर्जाको व्याजदर घटाएर आकर्षक कर्जा योजना सार्वजनीक गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x