Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अनलाईन कारोबार सचालनको लागि ५ दलाल व्यवसायीहरु छनौट, असार महिना भरि परिक्षण गरिने

अनलाईन कारोबार सचालनको लागि ५ दलाल व्यवसायीहरु छनौट, असार महिना भरि परिक्षण गरिने

काठमाडौं, ३१ जेठ । नेपाल स्टक एक्सचेन्जले अनलाईन कारोबार प्रणाली लागु गर्नका लागि ५ जना शेयर दलाल व्यवसायीहरुलाई छनौट गरेको छ । नेप्सेले शेयर दलाल व्यवसायी संघलाई शेयर दलाल व्यवसायीको नाम सिफारिस गर्न भनेको थियो । सोहि अनुरुप नेप्सेले ५ जना शेयर दलाल व्यवसायीहरुलाई छनौट गरेको हो ।

छनौट भएका ५ जना शेयर दलाल व्यवसायीहरुले आजबाट अनलाईन कारोबार प्रणालीको परिक्षण सुरु गरेको छ । अनलाईन कारोबार प्रणालीको परिक्षण सुरु गर्ने शेयर दलालहरुमा त्रिशक्ति सेक्युरिटिज, लिंच स्टक मार्केट, एबिसि सेक्युरिटिज, सेकियोर्ड सेक्युरिटिज र मल्ला एन्ड मल्ला स्टक बोर्किङ रहेका छन् । यी शेयर दलाल व्यवसायीहरुले असार महिना भरि अनलाईन कारोबार प्रणालीको परिक्षण गर्नेछन् । परिक्षण सफल भएपछि अन्य शेयर दलाल व्यवसायीहरुलाई समेत अनलाईन कारोबार प्रणालीको अभ्यास गराउने तयारीमा नेप्से लाग्ने छ ।

अनलाईन कारोबार प्रणाली श्रावण महिनाबाट लागु हुने नेप्सेले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x