Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अबिरल बर्षा पछि दर्जनबढी सडक अवरुद्ध

अबिरल बर्षा पछि दर्जनबढी सडक अवरुद्ध

काठमाडौ,२८ असार । अविरल वर्षाका कारण विभिन्न ठाउमा आएको बाढी र पहिरोका कारण करिब आधा दर्जन सडक अवरुद्ध भएका छन् ।  यसरी अवरुद्ध हुने सडकहरुमा मध्यपहाडी, बीपी, अरनिको, फर्पिङ–हेटौंडा, पोखरा–बागलुङ सडक रहेका छन् ।  बाढीले जुलबजार क्षेत्र जलमग्न भएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ भने काभ्रेभञ्ज्याङ, मंगलटारलगायत ठाउँमा पहिरो खसेपछि बीपी राजमार्ग ठप्प भएको छ । अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको  जिल्ला प्रहरी काभ्रेले जनाएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा पहिरो जादा बिहानदेखि अवरुद्ध भएको छ । मुग्लीन नारयाणगढ सडक खण्ड कतिपय स्थानमा भाँसिने क्रम रोकिएको छैन ।

यस्तै, सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गको सिन्धुलीखण्ड अवरुद्ध भएको छ । पहिरोका कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौं सवारी साधनमका यात्रीहरु रातिदेखि नै बीचैमा अलपत्र परेका छन् । ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x