Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अमरगढी नगरपालिकालाई स्मार्ट सीटी बनाउने लक्ष्य

करन ताम्राकार ्र पुस २१

अमरगढी नगरपालिकालाई स्मार्ट सीटी बनाउने लक्ष्य
डडेल्धुरा–अमरगढी नगपालिकाको २१ औं नगरपरिषद् साढे १३ करोड बजेट पारित गर्दै सम्पन्न भएको छ । अमरगढी नगरपालिकाका कार्यकारी अधिकृत मेख बहादुर मंग्रातीले प्रसतुत गरेको नगरपालिकाको आर्थिक बर्ष ०७४र०७५ को १३ करोड ५० लाख ७७ हजार मध्ये आन्तरिक श्रोत अन्र्तगत १ करोड १३ लाख ६० हजार र बाह्य श्रोत अन्र्तगत अनुमाति १२ करोड ३७ लाख १७ हजार रहेको छ ।
त्यस्तै चालु आर्थिक बर्षको आयखर्च १२ करोड ४४ लाख ९६ हजार ५ सय २९ अनुमानित आन्तरिक स्रोततर्फ खर्च १ करोड २० लाख ७५ हजार ५ सय २९ बाह्य स्रोत तर्फ ११ करोड २४ ललाख २१ हजार रहेको छ । जस अनुसार चालु खर्चतर्फ ४ करोड ७० लाख ४० हजार र पुँजिगत तर्फ ७ करोड ७४ लाख ५६ हजार ५ सय २९ खर्च हुने अनुमान नगरपालिकाले जनाएको छ । २१ औं नगर परिषद्ले डडेल्धुरालाई स्मार्ट सीटी, हरित नगर र फोहर व्यवस्थापन, सुशासन प्रवद्र्धन एंव संगठन विकास नीति, बजारिकरणलाई प्रमुख प्राथमिक्ता दिने गरी काम गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x