Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अमेरिकाद्वारा ३५ रुसी कूटनीतिज्ञलाई देश निकाला

अमेरिकाद्वारा ३५ रुसी कूटनीतिज्ञलाई देश निकाला

वाशिङटनस्थित दूतावास र सान फ्रान्सिस्कोस्थित वाणिज्य दूतावासका कूटनीतिज्ञलाई ७२ घन्टाभित्र परिवारसहित अमेरिका छाड्न भनिएको बीबीसीले जनाएको छ ।

दुई रुसी खुफिया एजेन्सीसहितत ९ संस्थामाथि समेत प्रतिवन्ध लगाइएको बीबीसीले जनाएको छ । रुसी गुप्तचर संस्थाले न्यूयोर्क र मेरील्याण्डमा प्रयोग गरेको दुई आवास बन्द गरिनेछ ।

अब दुई रुसी परिसर बन्द गरिनेछ भने केहीलाई आर्थिक प्रतिवन्ध लगाइनेछ । रुसले अमेरिकी अधिकारीहरुलाई तनाव दिएको भन्दै ओबामाले थप कदम उठाउने बताए ।

रुस सरकारले भने अमेरिकी कदमको उचित जवाफ दिने बताएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले यो कदमलाई अमेरिकी बेचैनी भनेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x