Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अर्थमन्त्रीले प्रस्तुत गरे १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट

अर्थमन्त्रीले प्रस्तुत गरे १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५।७६ को बजेट सार्वजनिक गरेका छन् । अर्थमन्त्रीले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यस्तै बजेटले आगामी आर्थिक वर्षको लागि ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न लक्ष्य लिएको छ ।

अर्थमन्त्रीले प्रस्तुत बजेटको ६४.३ प्रतिशत अर्थात ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ चालु खर्चतर्फ, २३.९ प्रतिशत अर्थात ३ खर्ब १३ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ पुँजीगत खर्चतर्फ र ११.८ प्रतिशत १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख रुपैयाँ वित्तीय श्रोततर्फ विनियोजन गरेको छ ।

यता आगामी आथिर्क वर्षको बजेृटको सोधभर्नाका लागि राजश्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपैयाँ, वैदेशिक सहायताबाट ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ, वैदेशिक ऋणबाट ४ अर्ब २५ अर्ब २ करोड ८२ लाख रुपैयाँ र आन्तरिक ऋणबाट १ अर्ब ७२ अर्ब रुपैयाँ उठाइने छ ।

प्रस्तुत बजेट आगामी आर्थिक वर्षको सुरुवात अर्थात श्रावण १ गतेबाट लागु हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x