Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अर्थमन्त्री खतिवडाको सम्पति : ६२ हजार डलर, काठमाडौं, भक्तपुर लगायतका स्थानमा जग्गा

अर्थमन्त्री खतिवडाको सम्पति : ६२ हजार डलर, काठमाडौं, भक्तपुर लगायतका स्थानमा जग्गा

काठमाडौं, ९ जेठ । अर्थमन्त्री डा.युवराज खतिवडाको ६२ हजार सात सय ३ अमेरिकी डलर सहित विभिन्न स्थानमा जग्गा–जमिन रहेको  छ । मन्त्री खतिवडाले मन्त्रीपरिषद् कार्यालयमा बुझाएको सम्पति बिवरण अनुसार उक्त सम्पति नेपाल राष्ट्र बैंकको सापटी र संयूक्त राष्ट्र संघमा काम गर्दा आर्जन गरेको रकमबाट जोडेका हुन ।

९० लाख रुपैयाँ बराबर नगद बैंकमा छ भने सहकारीमा पनि मन्त्री खतिवडाले सेयर हालेका छन् । यसैगरि उनले २४ लाख रुपैयाँ  विभिन्न व्यक्तिलाई ऋण दिएको रहेको सम्पति विवरणमा उल्लेख छ । काठमाडौं, भक्तपुर र झापामा मन्त्री खतिवडाको जग्गा छ । त्यस्तै १० तोला सुन र एक किलो चाँदीका गरहगना उनको साथमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x