Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

अव मुलुक संम्बृद्धिको बाटोमा अघि बढ्छ ः मन्त्री थापा

अव मुलुक संम्बृद्धिको बाटोमा अघि बढ्छ ः मन्त्री थापा

काठमाडौं, २६ माघ । उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले नयाँ संरचना अनुसार तीन तहको निर्वाचन सम्पन्न भए सँगै अव मुलुक समृद्घि तर्फ अगाडी बढेको बताएका छन् । मिडिया स्पेस सोल सन्स प्रालि र पm्युचर एक्स ट्रेड फेयर एन्ड इन्भेष्ट प्रालिको संयूक्त आयोजनामा आज देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको चौथो नेपाल विल्कन तथा नेपाल उड प्रदर्शनी कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

भूकम्प पछिको पुर्वाधार निमार्ण र विकास कार्यले समेत गतिलिएको अवस्थामा आयोजित सो प्रदर्शनी एकदमै सान्र्दभिक रहेको पनि उनले बताए । उनले रेलवे, मोनोरेल, हाइड्रो लगायत ठुला आयोजनामा लगानीका लागी ठुलो अवसर मिल्ने बताउँदै नेपालको विकासमा भारत सरकार र निजी क्षेत्रको लगानीले ठुलो भुमिका खेल्ने बताए । त्यस्तै कार्यक्रममा भारतीय राजदुत मन्जिव सिंह पुरीले नेपालको विकास निमार्ण लाई तिव्रता दिने क्रममा आधुनिक प्रविधी अपनाउन जरुरी रहेको बताउँदै नेपाल र भारतको सम्बन्धलाई थप बलीयो बनाउन र विकासको अभियानमा प्रदर्शनीले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

प्रदर्शनीमा निमार्ण तथा काष्ठ क्षेत्रमा नया प्रविधी भित्र्याइ उपलब्ध सामगी्र र प्रविधीको प्रवद्घन गर्ने उदेश्यले आयोजित उक्त प्रदर्शनीमा नेपाल, भारत, श्रिलंका, जर्मनी, बङ्गलादेश लगायत अन्य देशका २ सय भन्दा बढि निमार्ण कम्पनी, डिलर, सव डिलर र काष्ठ व्यवसाय सँग सम्बन्धित उत्पादनहरु राखिएका थिए।

विगत ३ बर्ष देखी आयोजना गरीदै आएको सो प्रदर्शनीमा १ सय आउटलेटस्मा २२० भन्दा बढि ब्रान्ड र प्रोडक्ट प्रदर्शनीमा राखीएको मिडीया स्पेस सोलुसन प्रा.ली का अधक्ष्य राजेन्द्र बहादुर सिँहले जानकारी दिनुभयो। प्रदर्शनीमा दश नयाँ प्रोडक्ट समेत लन्च गरीनेछन्। उक्त प्रदर्शनी तिन दिन सम्म चल्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x