Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अ‍ेमरिका र चिन व्यापार युद्ध नयाँ उचाइमा, अमेरिकाको थप आयात शुल्कमा चिनको प्रतिकार

अ‍ेमरिका र चिन व्यापार युद्ध नयाँ उचाइमा, अमेरिकाको थप आयात शुल्कमा चिनको प्रतिकार

काठमाडौं, ०२ असोज(एजेन्सी) । अमेरिकाले चिनियाँ वस्तुहरुमा २ सय विलियन डलर बराबरको थप कर लगाएपछि अ‍ेमरिका र चिन व्यापार युद्धले नयाँ उचाइ पाएको छ ।

अमेरिकाले अहिलेसम्मकै सबैभन्दा धेरै ६ हजार भन्दा बढि चिनियाँ वस्तुहरुमा थप कर लगाएको छ । करको दायरामा ह्यान्ड ब्याग, चामल र टेक्स्टाइल परेका छन् । तर, स्मार्ट वाच र हाइ चेयरलाई भने समावेश गरिएको छैन । थप करको दर यहि सेप्टेम्बर २४ बाट लागु हुनेछ । अमेरिकाले पहिलोपटक यसै वर्षको जुनमा चिनियाँ वस्तुहरुमा १० प्रतिशतसम्म कर वृद्धि गरेको थियो भने त्यसपछि गत महिना थप २५ प्रतिशत थप कर लगाइएको थियो । अमेरिकाले फेरि कर थप गरेको हो । योसँगै अब करिब आधाभन्दा बढि चिनिया उत्पादनहरुमा आयात शुल्क लाग्ने बिबिसीले जनाएको छ ।

चिनको अनुचित व्यापार अभ्यासका कारण थप शुल्क लगाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । चिनलाई व्यवहार सुधार्न भनिएपनि यसमा कुनै इच्छा नदेखाएको ट्रम्पको भनाइ रहेको छ ।

यसअघि नै चिनले अमेरिकाले थप आयात शुल्क बढाए त्यसको प्रतिकार गर्ने चेतावनी दिइसकेको छ । जवाफमा ट्रम्पले चिनले प्रतिकार गरे थप कर लागु गरी सम्पूर्ण चिनिया उत्पादनहरुमा आयात शुल्क लागु गर्ने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x