Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आइएमई जनरल इन्स्योरेन्सको २३ औं शाखा न्यूरोडमा

आइएमई जनरल इन्स्योरेन्सको २३ औं शाखा न्यूरोडमा

काठमाडौं, १ पुष । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औं शाखा काठमाडौंको न्यूरोडमा सञ्चालनमा आएको छ । उक्त शाखाको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

अध्यक्ष चापागाँईले बीमालाई बाध्यताको कारण नभई आफ्नो सम्पत्तिको सुरक्षाको लागि बीमा गर्ने बानी बसाल्न सबैलाई आग्रह गरे । बीमा क्षेत्रले रोजागारी बढाउन ठूलो योगदान दिने बताउदै उनले लगानीकर्ताको हित तथा कर्मचारीको मनोवृत्तिमा विशेष चासो दिएर काम गर्न व्यवस्थापनलाई सुझाव दिए ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर प्रदान गरी कम्पनीको चुक्तापूँजी रू ९७ करोड २० लाख पुर्याउने बताए । अबको २ महिना भित्र थप १६ शाखा तथा सम्पर्क कार्यालयहरू खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने उनले जानकारी गराए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालय नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिदै कम्पनीले हालसम्म रु ३३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x