Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद स्विकृत

आइएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद स्विकृत

काठमाडौं, ६ असार । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनको स्विकृती पाएको छ । इन्स्योरेन्सलाई नेपाल धितोपत्र बोर्डले १० बराबर ८ कित्ता अर्थात ८० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति दिएको हो ।

इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित मुल्य भएको ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनको लागि इन्स्योरेन्सले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्कासन पछि इन्स्योरेन्सको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्ने छ । इन्स्योरेन्सको हाल चुक्ता पुँजी ५४ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x