Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषि सहकारी बीच बीमा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषि सहकारी बीच बीमा सम्झौता

काठमाडौं, २१ चैत । आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच संस्थाका सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा गर्ने सम्झौता भएको छ । सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात सहकारी संस्थाका भरपर्दो नियमित जीवन साहारा बचत योजना अन्तर्गतका ५ सय जना भन्दा बढी सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा हुनेछ ।सहकारी संस्थाले आफ्ना ग्राहकका ५० हजार रुपैयाँको औषधोपचार बीमा तथा १ लाख रुपैयाँको व्यक्तिगत दुर्घटना बीमा गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x