Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आइक्यानको अन्तर्राष्ट्रिय सार्वजनीक क्षेत्र सम्मेलन शुक्रबार देखि

आइक्यानको अन्तर्राष्ट्रिय सार्वजनीक क्षेत्र सम्मेलन शुक्रबार देखि

काठमाडौं, २६ बैशाख । नेपाल चार्टर्ड एकाउन्टे्न्ट्स संस्था (आइक्यान) को अन्तर्राष्ट्रिय सार्वजनीक क्षेत्र सम्मेलन हुने भएको छ । यही शु्क्रबार, शनिबार र आइतबार तीन दिन काठमाडौंको दरबारमार्ग स्थित होटल याक एन्ड यतीमा सम्मेलन हुने आइक्यानले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

सम्मेलनको पहिलो दिन शुक्रबार एसिशया तथा प्रशान्त क्षेत्रका २३ वटा देशका ३२ वटा लेखा व्यवसायी संस्थाहरुको प्रतिनिधित्व गर्ने क्षेत्रीय संगठन कापा सम्मेलन र दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) को बोर्ड बैठक बस्ने छ । दोस्रो दिन अन्तर्राष्ट्रिय सार्वजनीक क्षेत्र सम्मेलन हुने छ । सो सम्मेलनमा संघीय संरचनामा सार्वजनीक वित्त व्यवस्थापनका अवधारण कार्यान्वयनमा रहेका चुनौती विषयमा विज्ञहरुले प्रस्तुती दिने छन् । त्यस्तै सम्मेलनको दोस्रो दिन कापा सदस्यहरुको बैठक बस्नुका साथै साधारण सभा पनि  हुने आइक्यानका अध्यक्ष सिए प्रकाशजंग थापाले जानकारी दिए । सम्मेलनको उद्घाटन अर्थमन्त्री डाक्टर युवाराज खतिवडाले गर्ने जनाइएको छ ।

त्यस्तै आइक्यानले सिएन शिक्षा सम्बनिध जनचेतना जागृत गर्न सोमबार काठमाडौंको भृकुटीमण्डप स्थित पुलिस क्लवमा एक दिने सिए शिक्षा मेलाको पनि आयोजना गर्न लागेको अध्यक्ष थापाले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x