Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आकर्षण दौरा सुरुवालको

आकर्षण दौरा सुरुवालको

काठमाडौं, १ चैत्र । नेपालीको मौलिक पोशाक दौरा सुरुवालको प्रयोग पछिल्लो समय झन बढ्दो छ । पुरुषको परम्परागतको पोशाक दौरा सुरुवाललाई अहिले युवावर्गले सुटपेन्टको विकल्पको रुपमा प्रयोगमा ल्याउन थालेका छन् ।
विशेषगरी बिवाह, ब्रतवन्ध, पास्नी, दिक्षान्त समारोह, चाडपर्व तथा सपथ ग्रहण लगायतका कार्यक्रममा दौरा सुरुवाल लगाउने पुरुषको संख्यामा उल्लेख्य बृद्धि भएको पाइन्छ । यद्यपि यसको लोकप्रियतामा भने कुनै कमी नआएको बाङ्गेमुढा स्थित सानो दौरा सुरुवाल पसलका सञ्चालक रमेशकाजी शाक्यले बताए । पछिल्लो समय यसको प्रयोगकर्ताहरु झन बढिरहेको शाक्यको ठम्याई छ ।
गणतन्त्र घोषणा अघि राष्ट्रिय पोशाककै मान्यता पाएको दौरा सुरुवाल प्रायः सांसद एवम् मन्त्रीहरुले अहिले पनि सार्वजनिक समारोहहरुमा प्रयोगमा ल्याएको देख्न पाइन्छ । प्रधानमन्त्री के.पी शर्मा ओली, अर्थमन्त्री युवराज खतिवडा, सभामुख कृष्णबहादुर मोहरा लगायतका अधिकांश उच्च पदस्थ मन्त्री तथा सांसदहरु सपथग्रहण लगायत अन्य कार्यक्रममा दौरा सुरुवालमा उपस्थित भएको देख्दा लाग्छ दौरा सुरुवालको महत्वमा अझै कमी छैन । दौरासँग सुरुवाल, टोपी र इष्टकोट लगाईन्छ ।
शाक्यले भने, ‘विवाह, स्वयम्वर, ब्रतवन्ध चाडपर्वलगायतको मौसम लागेसँगैं ब्यापारमा चाप बढ्छ । दैनिक १० देखि १२ जोर दौरा सुरुवालको अर्डर आउने गरेको छ ।’ तयारी अवस्थामा समेत पाउने दौरा सुरुवाल कपडा र गुणस्तरले दौरा सुरुवालको मूल्य निर्धारण गर्दछ । सस्तोमा २५ सय देखि ३५ सय रुपियाँसम्म एक जोर दौरा सुरुवाल तयार हुन्छ भने महंगोमा ४ हजार ८ सयदेखि १२ हजार रुपियाँसम्मको पनि दौरा सुरुवाल बनाउने गरिएको उनले बताए । सामान्यतया विवाहमा दौरा सुरुवाल ढाका कपडाको लगाउने चलन छ । ढाका कपडामा वोर्डर नराखी ३ हजार ५ सयसम्म पर्ने र अलिक गुणस्तर ढाका कपडा भए बोर्डर राखेर ५ हजार ५ सयसम्म तयार हुने शाक्ले वताए । जसमा दौरा, सुरुवाल, टोपी, पेटी, जुत्ता सहितको सेट नै आउँछ ।
नेपालमा उत्पादित दौरा सुरुवाल कपडाले बजार माग धान्न नसकेर भारतबाट पनि कपडा आयात हुने गरेको शाक्यले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x