Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आगामी अगष्ट ३० देखि नेपालमा हुने बिम्स्टेक सम्मेलको तयारी सुरु

आगामी अगष्ट ३० देखि नेपालमा हुने बिम्स्टेक सम्मेलको तयारी सुरु

काठमाडौं, ४ साउन । नेपालका परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले आउँदो अगष्ट ३० देखि नेपालमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन हुने जानकारी दिएका छन् । साथै आगामी महिना हुने उक्त सम्मेलनको लागि तयारी तीव्र रुपमा अघि बढिरहेको जानकारी पनि परराष्ट्रमन्त्रीले दिए ।

अगष्ट ३० र ३१ मा राजधानी काठमाडौंमा उक्त सम्मेलन आयोजना हुनेछ भने त्यसअघि नै बिम्स्टेक सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीको सम्मेलन र त्यसअघि उच्च स्तरिय बैठक हुने अर्थको अर्थसँगको कुराकानीमा परराष्ट्रमन्त्री ज्ञावलीले बताए ।

नेपालमा पहिलो पटक हुन लागेको बिम्स्टेकको चौंथो शिखर सम्मेलनमा सहभागि हुन बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डबाट सरकार प्रमुख वा राष्ट्र प्रमुख नेपाल आउनेछन् ।

२०७४ मा तीन तहको चुनाव गराएर नयाँ प्रजातान्त्रिक अभ्यास थालेको नेपालको लागि यो पटक हुने बिम्स्टेक सम्मेलन वाम सरकारको लागि नेपालको विशेषताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने एउटा अवसर पनि हुने परराष्ट्रमन्त्रीको भनाइ छ । यसबाट नेपालले आफ्ना अनुभवहरु बिम्स्टेक सदस्य राष्ट्रसँग साट्ने अवसर पाउने पनि उनले बताए ।

झण्डै डेढ महिना पछि हुन लागेको उक्त सम्मेलनको लागि नेपाल सरकारले अहिलेदेखि नै तयारी थालिसकेको जानकारी पनि छ । ‘हामी अहिले सम्मेलनको क्रममा हस्ताक्षर र सहमति हुने विषयका कागजात तयार पारिरहेका छौं , मन्त्री ज्ञवालीले भने यो सम्मेलनको मुख्य उद्देश्य भनेको कनेक्टिभिटि बढाउने, पर्यटन प्रवद्र्धन गर्ने, आर्थिक विकासको लागि साझेदारिता गर्ने र गरिवी निवारणको लागि सशक्त र एकिकृत भुमिका निवार्ह गर्ने विषयमा नै केन्द्रित हुनेछ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x