Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आजदेखि पेट्रोलियम पदार्थ थप महँगियो

आजदेखि पेट्रोलियम पदार्थ थप महँगियो

काठमाडौं, पुस ५ । यसअघि मूल्य समायोजन भएको १५ दिन पनि नबित्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आजदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मटितेलको बिक्रीमूल्यमा थप १ रुपैयाँ वृद्धि गरेको हो । यसअघि निगमले मंसीर २३ देखि लागू हुने गरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले भारतीय आयल कर्पोरेसनले डिसेम्बर १५ मा पठाएको मूल्य सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढाएको बताएको छ ।
नयाँ मूल्य अनुसार, आजदेखि प्रतिलिटर १०१ रुपैयाँ तथा डिजेल र मटितेलको मूल्य ७८ रुपैयाँ प्रतिलिटर हुनेछ । नयाँ मूल्य कायम भएपछि निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ६७ पैसा तथा मटितेलमा प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा हुन्छ । यद्यपि सबैभन्दा बढी बिक्री हुने डिजेलमा भने १ रुपैयाँ ७४ पैसा घाटा रहेको निगमले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x